१३ बैशाख २०८१, बिहीबार

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पहल



कञ्चनपुर । नेपालको आन्तरिक पर्यटनका लागि ७ नम्बर प्रदेशको पर्यटकीय प्रवर्द्धनका लागि पहल थालिएको छ ।

साेट्टाे नेपाल र नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटनका लागि भारत उत्तराखण्डको नालापानी सहित शुक्लाफाँटा–खप्तड–कञ्चनपुर–बझाङ्ग–अछाम र कैलालीसम्मका पर्यटकीय सम्भावनाका लागि पहल थालेको हो । आइतबार कञ्चनपुरदेखि थालिएको अभियान जेठ ९ गते कैलालीमा पुगेर समापन गरिने आयोजकले जनाएको छ ।

साे अभियानकाे सरूवातमा बाेल्दै नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं पर्यटन प्रवर्द्धन विभागका प्रमुख सूर्य थापाले अान्तरिक पर्यटनलार्य अगाडि बढाउन राज्यकाे विशेष ध्यान जानु पर्ने अाैंल्याए । उनले अान्तरिक पर्यटन प्रवर्द्धनका लागि नागरकहरूकाे पनि महत्वपूर्ण भूमिका रहनुपर्ने टिप्पणी गरे ।

साेट्टाे नेपालका कोषाध्यक्ष मानबहादुर शाहीले आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकासका लागि काम शुरुवात गरिएको बताए । ‘सात नम्बर प्रदेशमा थुप्रै पर्यटकीय स्थल छन्, ‘उनले भने, ‘तर प्रचार प्रसार एव कतिपय थाहा नभएको अवस्थामा यहाँ पर्यटन आउँदैनन् ।’

छिमेकी मुलुक भारतीय क्षेत्रका पर्यटन आकर्षण गर्नका लागि भारतको नालापानीको पर्यटकीय अवस्थाबारे अध्ययन समेत गरिने उनले बताए । ‘हामी भारतीय उत्तराखण्डका पर्यटन व्यवसायीसंग नेपालको पर्यटकीय क्षेत्रमा बारेमा संयुक्त छलफल गछौँ, ‘उनले भने, ‘उहाँहरुलाई कसरी नेपालका पर्यटकीय क्षेत्रमा ल्याउन सकिन्छ सो बारेमा समेत सबै जिल्लाका सरोकारवालासंग छलफल गछौँ ।’

साेट्टाेले कञ्चनपुरका स्थानीय तहका प्रमुख लगायत सरोकारवालासंग गरेको छलफलमा भीमदत्त र बेदकोटका मेयरद्वय सुरेन्द्र विष्ट र अशोक चन्दले कञ्चनपुरका प्रर्याप्त पर्यटकीय सम्भावना रहेको बताउदै आ–आफ्नो स्थानीय तहबाट पर्यटकीय प्रवर्द्धनका लागि कार्यक्रम संचालन गरेको बताएका छन् । शुक्लाफाँटा, खप्तड, बझाङ–अछाम र कैलालीसम्मका पर्यटकीय स्थल र तिनको सम्भावनाबारे अध्ययन गरेर पर्यटक आकर्षण गर्ने कार्यक्रम संचालनका लागि सरकारलाई सुझाव दिने आयोजकको भनाई छ ।

कञ्चनपुरका पर्यटन व्यवसायी प्रमानन्द भण्डारीले ७ नम्बर प्रदेश पर्यटनको प्रचूर सम्भावना रहेको बताउँदै भारतीय पर्यटक मात्रै तान्न सके यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बताए । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि यस क्षेत्रका सरोकारवाला जागरुक हुनुपर्ने उनको भनाई छ । साेट्टाेका सयोजक एम बहादुर खडकाले आन्तरिक पर्यटन प्रर्बद्धन गर्न सकेपनि स्वदेशमै युवालाई रोजगारी र आर्थिक समृद्धि हुने भएकाले आन्तरिक पर्यटनका लागि साेट्टाेले काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार