१३ बैशाख २०८१, बिहीबार

खप्तड धार्मिक पदयात्रा बझाङ पुग्यो



बझाङ । धनगढीबाट शुरु भएको खप्तड सांस्कृतिक तथा धार्मिक पदयात्रा शनिबार बझाङ पुगेको छ । पदयात्रा टोलीका सदस्यहरूले शनिबार बझाङको सदरमुकाम चैनपुरमा रहेको सुर्मादेवी मन्दिरको दर्शन गरेका छन् ।
गंगा दशहराको अवसर पारेर खप्तडमा आयोजना हुने अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलनका लागि धनगढीबाट प्रस्थान भएको टोलीले सुर्मादेवी मन्दिरमा पूजाआजापछि शनिबार नै खप्तडका लागि यात्रा अघि बढाएको छ ।
नेपाली साहित्य तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भएको पदयात्रामा नेपाल र भारतका धार्मिक नेता, संस्कृतिकर्मी, साहित्यकार, पत्रकारहरू सहभागी रहेका छन् ।
जेठ १ गते खप्तड त्रिवेणीमा सामुहिक स्नानपछि काब्य सम्मेलन आयोजना हुने जनाइएको छ । प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीका अनुसार जेठ १० गतेको गंगा दशहरा मेलाको भोलीपल्ट स्नान गरी डोटीको शैलेश्वरी मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार