११ बैशाख २०८१, मंगलवार

खप्तड सांस्कृतिक पदयात्रा शुरु



धनगढी । प्रदेश नम्बर ७ मा धार्मिक पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक जागरणका लागि शुक्रबारदेखि ‘अन्तर्राष्ट्रिय सांस्कृतिक खप्तड पदयात्रा तथा काव्य सम्मेलन’ शुरु भएको छ ।
धार्मिक पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक जागरण अभियानमा नेपाल र भारतका दुई सय भन्दा बढी संस्कृतिकर्मी, साहित्यकार, सञ्चारकर्मी लगायतको सहभागिता रहेको छ ।

फाइल तस्बिर

प्रदेश ७ को उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालय र नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा शुरु भएको पदयात्रा तथा काव्य सम्मेलनमा सहभागि टोलीलाई प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार एक विशेष समारोहबीच विदाई गरे । सो अवसरमा मुख्यमन्त्री भट्टले पदयात्राका संयोजक पदमराज जोशीलाई नेपाली झण्डा हस्तान्तरण गरेका थिए ।
गोदावरी धार्मिक स्थलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले खप्तड पदयात्रा तथा काव्य सम्मेलनले प्रदेशको धार्मिक सांस्कृतिक पर्यटन विकासमा टेवा पुग्ने बताए ।
प्रदेश ७ मा रहेको धार्मिक स्थलहरुको संरक्षण तथा प्रचारप्रसारका लागि प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।
उद्योग वन वातावरण तथा पर्यटन मन्त्री माया भट्टले पदयात्रा तथा काव्य सम्मेलनले नेपाल र भारतविच धार्मिक सहष्णिुता राख्न मद्धत पुर्‍याउने विश्वास व्यक्त गरिन् ।
पदयात्राले खप्तडको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने पदयात्रामा सहभागी भारतीय साहित्यकार चेतनप्रसाद गुप्ताले विश्वास व्यक्त गरे ।
सांस्कृतिक खप्तड पदयात्राका क्रममा कैलालीको गोदावरीधाम, डडेल्धुराको परशुराम धाम, चुरे पहाडको मध्यभागमा रहेको आलीताल र वेतकोट ताल, अमरगढी किल्ला, डडेल्धुरास्थित घटालबाबा थान, उग्रतारा मन्दिर जस्ता प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको अवलोकन गर्न कार्यक्रम रहेको छ ।
त्यस्तै, डोटी र डडेल्धुराको सीमानामा पर्ने सेती नदी किनारामा रहेको गगनान क्षेत्र, डोटीमा रहेको शालमुनि भागेश्वर, दिपायल कोट र शैलेश्वरी मन्दिर, अछामको बैद्यनाथ धाम, खप्तड बडिमालिका तथा त्रिवेणी लगायतका प्रसिद्ध धार्मिक एवम् सांस्कृतिक पर्यटकीय गन्तव्यहरूलाई पदयात्राका क्रममा समेटिएको छ ।
प्रतिष्ठानका संयोजक पदमराज जोशीले प्रदेश नम्बर ७ मा रहेका महत्त्वपूर्ण धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यबारे राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा व्यापक प्रचारप्रसार गर्ने लक्ष्यसहित खप्तड पदयात्रा आयोजना गरिएको बताए ।
संयोजक जोशीका अनुसार शुक्रबारबाट पदयात्राको उद्घाटनपछि आज (शनिबार) खप्तडका विभिन्न प्रवेशद्वारबाट शोभायात्रा निकालिने छ । त्यस्तै, जेठ १ गते औंशीका दिन खप्तड त्रिवेणी महास्नान खेचरनाथ दर्शन अनुष्ठानको शुभारम्भ हुने छ । त्यस्तै, प्रत्येक दिन योग शिविर, अन्तर्रा्ष्टि्रय काव्य सम्मेलनको आयोजना र जेठ २ गते समापन गरिने छ भने १० गते गंगादशहराको स्नानसहित अनुष्ठानको पूर्णाहुती गरिने संयोजक जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार