७ बैशाख २०८१, शुक्रबार

श्रुतिका ब्वाइफ्रेन्ड लन्डनका अभिनेता



अभिनेता कमल हसनकी छोरी श्रुति हसन पछिल्लो समय जो पुरुषसँग डेट गरिरहेकी थिइन्, उनको बारेमा कसैले जानकारी पाउन सकेको थिएन । तर, हालै श्रुतिका प्रेमीको पहिचान भएको छ ।
श्रुतिसँग प्रेममा रहेका ती पुरुष हुन्, लन्डनका अभिनेता माइकल कोसेल । श्रुतिर माइकल विगत तीन महिनादेखि डेटिङमा छन् । उनीहरू थुप्रै ठाउँमा सँगै देखिँदै आएका थिए । तर, विदेशी पुरुष को हुन् भनेर पत्ता लगाउन राम्रै समय लाग्यो ।
माइकल र श्रुतिको पहिलो भेट साथीको माध्यमबाट लन्डनमा नै भएको बताइन्छ । केही समयअघि ब्रिटिस रक ब्यान्ड डाइनोसोर पाइल–अपको एउटा भिडियो सुटिङका लागि श्रुति लन्डन गएकी थिइन् । त्यति बेला नै उनीहरू नजिकिएको भारतीय मिडियाको दाबी छ । केही दिनअघि माइकल श्रुतिलाई भेट्न उनको नयाँ फिल्म ‘बहन होगी तेरी’को सुटिङमा पनि पुगेका थिए । यसपालिको भ्यालेन्टाइन्स डे उनीहरूले सँगै मनाएको खबर छ ।
आफू र माइकलको सम्बन्धका बारेमा श्रुति बोल्न चाहन्नन् । यो आफ्नो निजी मामला भएको भन्दै उनी मिडियाबाट टाढै बस्न खोजेकी छिन् । माइकल बुधवार लन्डन फर्किएको र श्रुतिले उनीसँग एअरपोर्टमा खिचेको फोटो सामाजिक सञ्जालमा अपलोड गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार