१६ चैत्र २०८०, शुक्रबार

पोसाकमा कमेन्ट गर्नेलाई दिशाको जवाफ



‘ए मएस धोनी : द अनटोल्ड स्टोरी’ मा धोनीको प्रेमिकाको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी नायिका दिशा पटानी फिल्ममा शालीन छविमा प्रस्तुत भएकी छन् । आखिर यति बेला उनलाई त्यही छवि घाँडो भइरहेको छ । जब उनी हालै आयोजित फिल्म फेयर अवार्डमा ग्ल्यामर देखिने पोसाकमा पुगिन् तब उनको एक्सपोजलाई लिएर भद्दा कमेन्टस् पनि आए ।
‘यदि उनी यस्तो एक्सपोज हुने खालको ड्रेस लगाएर अवार्ड सोमा आउँछिन् भने केटाहरूले त हेर्छन् नै । कम्तीमा उनले आफूलाई अश्लील नलाग्ने गरी ड्रेस लगाऊन् ।’ त्यसो त हालै उनले ग्ल्यामर पोजसहित फोटोसुटसमेत गराएकी छन् । आफ्नो इन्स्टाग्राममा समेत पटानीले केही फोटोहरू पोस्ट गरेकी छन् ।
आफ्नो पछिल्लो हट अवतारलाई लिएर नराम्रा कमेन्टस् आएपछि नायिकाले लामो वक्तव्य नै जारी गर्नुपरेको छ । जहाँ भनिएको छ, ‘हामी हरेक दिन युवतीलाई दुव्र्यवहार गरेका र बलात्कारका समाचारहरू पढिरहन्छौं । हाम्रो देश देवीको पूजा गर्छ तर त्यही मान्छे अहिले पशु बन्दै गइरहेको छ । हाम्रो समाजमा एउटा युवतीको शरीर कति ढाकिएको छ भन्नेमा मूल्याङ्कन गरिन्छ । तर यदि सोच नै घृणित छ र त्यसलाई रोक्न सकिँदैन भने केही हुँदैन । त्यसैले अरूलाई भन्नुअघि कृपया आफ्नो नाटक बन्द गर्नुस् र दिमाग खुला राखेर सोच्नुहोला ।’
त्यसै गरी, नायिका दिशाले टपलेस फोटोसुट गरेका सम्बन्धमा पनि उनले आफूले ढाड मात्रै खुला देखाए पनि टपलेस नभएको जिकिर गरेकी छन् । ‘म त्यो बेला आफ्नो शरीरप्रति कम्फर्टेबल थिए । त्यसैले मलाई उक्त फोटोसुट गर्न कुनै अप्ठ्यारो परेन,’ नायक टाइगर श्राफकी प्रेमिका समेत मानिने दिशालाई इन्स्टाग्राममा ३३ लाख बढीले फलो गरेका छन् । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार