११ बैशाख २०८१, मंगलवार

साहसी म्याडोना



16122016081445madonna-1000x0बिलबोर्डले वर्षेनी प्रदान गर्दै आएको ‘वुमन अफ द इयर’ को उपाधि यसपालि अमेरिकी गायिका म्याडोनालाई दिइने भएको छ । अवार्ड स्विकार गरेको जनाउँदै उनै पप क्विनले बुधबार ‘बिलबोर्ड वुमेन इन म्युजिक २०१६’ मा मार्मिक प्रवचन दिएकी थिइन् । म्याडोनाले नारीवाद, दादागिरीजस्ता विषयमा इमानदार ढंगले विचार राखेको भन्दै अहिले विदेशी सेलिब्रिटीहरू उनको तारिफमा जुटेका छन् ।

लेडी गागाको टीट पछ्याउँदै विश्वभरका कलाकार हस्तीहरू म्याडोनालाई धमाधम बहादुर र दृढ महिलाको संज्ञा दिइरहेका छन् । ‘लिभिङ फर लभ’ गायिकाले बिलबोर्डको कार्यक्रममा निकै भावुक र हृदयस्पर्शी भाषण दिएकी थिइन् । ‘तपाईंहरूसामु म डोरम्याटजस्तै गरी उपस्थित भएकी छु,’ उनले भनेकी थिइन्, ‘ए ∕ मेरो मतलब, महिला इन्टरटेनरजस्तै गरी । ३४ वर्षसम्म मेरो क्षमतामाथि विश्वास गरिदिनुभएकोमा धन्यवाद ।’

सांगीतिक यात्राका क्रममा आफूलाई यौनवादी, दादागिरी गर्नेजस्ता अनेकन आरोप लागिरहँदा पनि निरन्तर साथ र समर्थन गरेकोमा उनले प्रशंसकप्रति आभार व्यक्त गरेकी थिइन् । उनका अनुसार महिलाभन्दा पुरुष आर्टिस्टलाई बढी स्वतन्त्रता हुन्छ । उनले आफूले गरेको सबैभन्दा विवादास्पद कुरा भनेकै अहिलेसम्म बाचिरहनु भएको बताएकी थिइन् । ‘माइकल ज्याक्सन, टुप्याक, प्रिन्स, हीट्नी, एमी वाइनहाउस, डेभिव बोइवी सबै गइसके । मचाहिँ अझैं यहाँ उभिरहेकी छु ।’

अमेरिकी म्यागाजिन बिलबोर्डले अघिल्लो वर्ष लेडी गागालाई ‘वुमन अफ द इयर’ घोषित गरेको थियो । त्यसअघि टेलर स्विफ्ट, पिंक, केटी पेरी, फर्गी, बियोन्से, साइरा र रेबा म्याकेन्टायरलाई यो उपाधि अवार्ड दिइसकेकी छ । वुमन इन म्युजिक कार्यक्रममा यसपालि ‘राइजिङ स्टार अवार्ड’ हाल्जीलाई दिँदै छ भने ‘ट्रेलब्लेजर अवार्ड’ केशाले पाउनेछिन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार