१३ बैशाख २०८१, बिहीबार

१३ सय रोबोट मिलेर बनाए विश्वको ठूलो कीर्तिमान



एउटा अनौठो खबर सार्वजनिक भएको छ । एउटा देशले रोबोटको फौज तयार गरिरहेको छ । हालै यस फौजका लागि १३ सय भन्दा धेरै रोबोट तयार गरिएको छ, जसबाट विश्व कीर्तिमान कायम भएको छ ।
घटना इटालीको हो । गिनिज रेकर्ड बनाउनका लागि सबैभन्दा ठूलो संख्यामा रोबोटले नाच प्रस्तुत गरेका छन् । मानव आकारका १३ सय ७२ वटा रोबोटहरु एकै धूनमा नाचे ।
स्मरणरहोस्, सन् २०१६ देखि प्रविधि कम्पनीहरुले नाच्ने रोबोटहरुको फौज तयार गरिरहेका छन् । ता कि सबैभन्दा ठूलो नर्तक रोबोट समूह तयार पार्न सकियोस् । गत अगष्टमा डोबी कम्पनीले चीनमा एकसाथ १०६९ रोबोट नचाएका थिए । यसपटक चीनकै युबिटेक कम्पनीले त्यो रेकर्ड तोड्यो । उसले आल्मुनियम तथा प्लास्टिकबाट बनेका ४० सेमी उचार्इका १३ सय ७२ वटा अल्फा वान एस रोबोट नचाएको छ । त्यसअघि सोही कम्पनीले ब्रेक डान्स गर्ने रोबोट बनाएको थियो ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार