१६ चैत्र २०८०, शुक्रबार

यस्तो ठाउँ, जहाँ कहिल्यै बुढा हुँदैनन् महिलाहरु



दुनियाको एउटा यस्तो ठाउँका बारेमा के तपाइँले कहिल्यै सुन्नुभएको छ, जहाँ ७० वर्षका वृद्धा महिलाहरु पनि १७ वर्षे उमेरका झैँ तन्नेरी र सुन्दर देखिन्छन् ?
सुन्दैमा अनौठो तथा लोभलाग्दो लाग्ने यस्तो यथार्थ पाकिस्तानको एउटा गाउँमा पाइन्छ ।
यो संसारमा सयौँ आदिवासीहरु बसोबास गर्दछन् । ती मध्इे एक हुन्जा आदिवासी यस्ता छन् जो वास्तवमा कहिल्यै बुढा नै हुँदैनन् भन्द्या हुन्छ।
यो आदिवासीका खासगरी महिलाहरु पाको उमेरसम्म पनि जवान र सुन्द्यर देखिन्छन् ।
पाकिस्तान अधिनस्थ काश्मीरको गिलगिट इलाकास्थित हुन्जा उपत्यकामा यो जनजाति समुदाय बस्दछ ।
अनौठो त के भने यो समुदायका महिलाहरुले ६५।७० वर्षको उमेरमा पनि बच्चा जन्माउँदछन् ।
यो समुदायका मानिसहरु विरलै बिरामी पर्दछन् । सरीरमा रोगसँग लड्ने क्षमता उच्च छ ।
यो समुदायमा औषत आयु १ सय वर्षभन्दा धेरै छ । यति बढि उमेरको राज चाहीँ यिनीहरुको खानपान नै हो । यिनीहरु आफ्नो भोजनमा अत्यधिक मात्रामा फलफूल तथा जडिबुटीहरु समावेश गर्दछन् । अन्नपात पनि आफैले उब्जाएको स्वस्थ र ताजा मात्र सेवन गर्दछन् । पानी जम्ने ठण्डीमा पनि चिसो पानीले नै नुहाउँछन् ।
स्मरण रहोस् यो समुदायले आफुलाई सिकन्दरको वंशज मान्दछन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार