१२ बैशाख २०८१, बुधबार

एटीएम लकरबाट २३ लाख ४४ हजार चोरी




धनगढी । धनगढीको इन्भेस्टमेन्ट बैकको एटीएम लकरबाट शुक्रबार साँझ २३ लाख ४४ हजार रुपैयाँ चोरी भएको छ ।
लकरको पासवर्ड भएका कर्मचारी बैंकमा ढुक्कले काम गर्दै आएका छन् । घटनामा संलग्नताको आशंकामा बैंकका एक कर्मचारी र सुरक्षा गार्ड अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख अर्जुन चन्दले बताए । घटनाबारे बुझ्ना बैकका सीईओ पृथ्वीराज पाण्डेय पनि धनगढी आएका छन्। घटनाको अनुसन्धान अगाडि बढाईएको प्रमुख चन्दले बताए । धनगढी शाखाका प्रमुख राजेन्द्र सिंह पटक पटकको प्रयासमा पनि अनुमोदनको सम्पर्कमा आउन मानेनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार