११ बैशाख २०८१, मंगलवार

२५ वर्षभित्र तेस्रो सम्पन्न प्रदेश बन्छ



हामीले भरखर सपथ ग्रहण गरेका छौं । अब प्रदेशको विकासको खाका कोर्नुपर्ने छ । शुरुमा हामीसँग साधन र स्रोतको अभाव हुन्छ । तर हामीकहाँ प्राकृतिक साधनस्रोत प्रशस्तै छन् । आर्थिक स्रोत बढाउन हामी आफै र राज्यलाई आर्थिक अनुशासनमा राख्न जरुरी छ ।
प्राकृतिक साधनको अधिकतम उपयोग गरी रोजगारी सिर्जना गर्नुपर्दछ । हामीले प्राप्त गरेको उपलब्धी संस्थागत गर्नुपर्ने छ ।

झपट बोहरा
प्रदेश सभा सदस्य, अछाम

आर्थिक क्रान्ति अघि बढाउने चुनौति छ । पाँच वर्षमा नीतिगत र पूर्वाधारको जग बनाउँछौं । अबको १५ देखि २५ वर्षमा हामी तेस्रो सम्पन्न प्रदेश बन्न सक्छौं ।
राजधानी प्राविधिक विषय हो । अस्थायी राजधानी धनगढी तोकिइसकेको छ । म सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई अनुरोध गर्छु कि यसैका नाममा विसंगति भित्र्याउन हुँदैन । नचाहिँदो कुरामा आन्दोलन गर्नुहुँदैन । स्थायीका लागि प्रदेश सभा सचेत छ । प्रदेशको दुई तिहाईले तोक्ने हो । सबै आन्दोलनकर्ता दाजुभाइलाई आन्दोलन स्थगित गरी विकास र समृद्धिको बाटोमा लागौ भन्न चाहान्छु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार