१२ बैशाख २०८१, बुधबार

दश वर्षभित्र पूर्ण आत्मनिर्भर प्रदेश बन्छ



हामी प्रदेश सरकारको नौलो अभ्यासमा आएका छौं । यससँगै यस क्षेत्रको आर्थिक, सामाजिक विकास नै हाम्रा लागि प्रमुख चुनौति हुन भन्ने मलाई लाग्छ । अहिलेसम्म केन्द्रमा बसेर जिल्लाको विकासका योजना बन्थे, अब यही बसेर हामीले आफ्ना विकासका लागि आफैं योजना बनाउने तथा कार्यान्वयन गर्ने चुनौति र अवसर आएको छ । हामीले छिट्टै प्रशस्त मात्रामा रोजगारीका अवसर सिर्जना गर्नुपर्ने छ । त्यस्तै, हाम्रो समाजमा रहेका सबै खालका भेदभावको अन्त्य गर्नुपर्ने छ ।

डिल्लीराज पन्त
प्रदेश सभा सदस्य, कैलाली

हिमाल, पहाड र तराई तथा सबै वर्ग समुदायमा समान र न्यायपूर्ण रूपमा विकासका प्रतिफल पुर्‍याउनु पर्ने छ । यी सबै हाम्रा लागि चुनौति र अवसर हुन् ।
शुरुका वर्षहरूमा हाम्रो प्रदेशको आन्तरिक आर्थिक स्रोतको अवस्था कमजोर हुने छ । फेरि हामीले केही समयसम्म प्रदेशका लागि आवश्यक ऐननियम, नीति बनाउनु पर्नेछ । विभिन्न संरचना निर्माण गर्नुपर्ने छ । त्यसैले शुरुका केही वर्षसम्म कठिनाई हुने भए पनि दश वर्षपछि प्रदेश नम्बर ७ पूर्ण आत्मनिर्भर हुनेमा म विश्वस्त छु । हामी सबैले इमान्दार भएर काम गर्‍यौं भने प्रदेश नम्बर ७ केही वर्षभित्रै सबैभन्दा समृद्ध बन्ने छ । म यसको भविष्य निकै उज्ज्वल देख्छु ।
अहिले प्रदेशको अस्थायी मुकामका लागि डोटीमा आन्दोलन भइरहेको छ । त्यहाँ भएको भए
सायद अरू ठाउँकाले गर्थे होलान् ।
तर, सबैले बुझ्नु पर्ने कुरा के हो भने यसको अन्तिम टुंगो प्रदेश सभाले नै गर्ने हो । अब कहाँ बन्ने भन्ने सवाल उठ्ला । तत्कालका लागि भौतिक संरचनाका दृष्टिले धनगढी,
कैलालीमा नै राजधानी बन्नु उचित हुन्छ । यदि सदरमुकाम भएर विकास हुन्छ भन्ने लाग्छ भने डोटी पनि
उचित हुन्छ । तर, के पनि भुल्नु हुँदैन भने विगतम विकास क्षेत्रको सदरमुकाम भएर पनि डोटीको विकास हुन किन सकेन ?

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार