१३ बैशाख २०८१, बिहीबार

आर्थिक समृद्धिको प्रचूर सम्भावना छ



हामी पहिलो चोटी प्रदेश सरकारको अभ्यास र संरचनामा गएका छौं । यो किन आवश्यक भयो भन्ने एकचोटी पुन: मनन् गर्नु आवश्यक छ । केन्द्रीकृत राज्य प्रणालीका कारण हामी विकासका दृष्टिले पछाडि पर्‍यौं, भेदभाव भइरह्यो । त्यसैले जनतालाई अधिकारसम्पन्न बनाएर शासनसत्तामा हिस्सेदार बनाउनुपर्छ भनेर यो प्रणालीलाई हामीले अंगिकार गरेका छौं । प्रत्येक व्यक्तिको घरआँगनमा विकासको प्रतिफल पुगोस् भनेर संघीयता अपनाएका हौं ।

गोविन्द बोहरा
प्रदेश सभा सदस्य, डडेल्धुरा

म भन्छु, अरू प्रदेशको तुलनामा प्रदेश नम्बर ७ आर्थिक समृद्धिको प्रचूर सम्भावना भएको प्रदेश हो । हाम्रो शान्त समाज छ । हाम्रा रहनसहन, बोलीभाषा, संस्कृति समान छन् । त्यसैले आर्थिक समृद्धिको निकै सम्भावना छ । हामीसँग उपलब्ध स्रोत साधनका साथै पञ्चेश्वर, पश्चिम सेती जलविद्युत जस्ता ठूला विकास आयोजनालाई दु्रत गतिमा अघि बढाउँदै जान्छौं ।
हो, तत्कालका लागि हामीसँग आन्तरिक आर्थिक स्रोतको कमी हुनसक्छ । त्यसको खोजी गरिने छ । उदाहरणका लागि पश्चिम सेतीको आम्दानीको ठूलो हिस्सा यही प्रदेशको विकासमा लगानी गर्ने नीति बनाउने छौं ।
अहिले अस्थायी राजधानी वा मुकामबारेमा केही ठाउँमा आन्दोलन भइरहेको अवस्था छ । तर, प्रदेश सभाको बैठकले नै यसको टुंगो लगाउने भएकाले अहिले आन्दोलन स्थगित गरिदिन म आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार