१३ बैशाख २०८१, बिहीबार

प्रदेश नम्बर ७ को उज्ज्वल भविष्य देख्छु



प्रदेश सभा तथा सरकार हामी सबैका लागि नयाँ चुनौति र अवसर हुन् । हामी यसमा नयाँ छौं, सिक्दै छौं । तर, उत्तिकै अवसर छन् । हिजोसम्म केन्द्रीकृत राज्य प्रणाली थियो ।
अहिले अधिकार जनताको घरदैलोमा आइपुगेको छ । त्यसैले जतिसुकै कठिनाई आए पनि हामीले त्यसको सामना गर्दै यो अभ्यासलाई
सफल बनाउनु नै पर्दछ ।

नन्दाकुमारी बम
प्रदेश सभा सदस्य, दार्चुला

प्रदेश नम्बर ७ मा आर्थिक विकासका थुपै्र सम्भावना छन् । हामी सबै एकजुट भएर लाग्ने हो भने थोरै समयभित्रै हामीले यो प्रदेशलाई समृद्ध बनाउन सकिन्छ भन्ने मैले विश्वास गरेकी छु । म प्रदेश नम्बर ७ को भविष्य निकै उज्ज्वल देख्छु ।
अहिले प्रदेशको अस्थायी मुकामका बारेमा केही ठाउँमा आन्दोलन भइरहेका छन् । असन्तुष्टि देखिएका छन् । मेरो आग्रह के हो भने यो अस्थायी प्रबन्ध मात्रै हो । यसलाई लिएर आन्दोलन गरिराख्नुपर्ने म देख्दिन । मेरो व्यक्तिगत धारणा भनेको कैलालीमा प्रदेश राजधानी बन्नु वैज्ञानिक र जायज हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार