८ बैशाख २०८१, शनिबार

व्यवस्थित ढंगले प्रदेशको विकास गर्नेछौं



अहिलेको पहिलो चुनौति भनेको प्रदेश सरकार गठन हो । १५ दिनभित्र प्रदेश सभाको बैठक बसेर सरकार गठनको प्रक्रिया अघि बढ्ने छ । प्रदेश सभाले विभिन्न समितिहरूको निर्माण गर्छन् ।
अहिले प्रदेश राजधानीको विषयमा डोटीमा आन्दोलन भइरहेको छ । त्यहाँका जनताले राजधानी माग गर्नु स्वाभाविक नै हो । प्रदेश सभाको बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार निर्णय हुन्छ । मेरो व्यक्तिगत विचारमा ७ नम्बर प्रदेशको राजधानी कैलालीको धनगढी–अत्तरियामा बनाउनु उचित छ ।

दीर्घ सोडारी
प्रदेश सभा सदस्य, कैलाली

मुख्य कुरा ७ नम्बर प्रदेशको आर्थिक समृद्धि हो । हामी यसलाई विकास र समृद्धिका दृष्टिले एक नम्बर प्रदेश बनाउने प्रयत्नमा छौं । विकास र सम्मानका दृष्टिकोणले यहाँको पर्यटन, जलविद्युत, संस्कृति लगायत सबैमा समृद्ध बनाउने छौं । ७ नम्बर प्रदेशको गुरुयोजना बनाएर व्यवस्थित ढंगले विकासको गति अघि बढाउने छौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार