१५ चैत्र २०८०, बिहीबार

सेती लोकमार्ग महोत्सव समापन



बौनिया । कैलालीको दोदोधरा गाविस—७, सडकपुर बौनियामा जारी सेती लोकमार्ग बर्दगोरिया धार्मिक महोत्सव २०७३ समापन भएको छ ।
महोत्सवको समापन गर्दै कैलाली उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कर्ण कुँवरले सेती लोकमार्ग निर्माण र बर्दगोरिया धार्मिक पर्यटकीय क्षेत्र घोषणा नभएसम्म महोत्सव जारी रहने बताए । प्रमुख अतिथि कुँवरले माग पूरा नभएसम्म पार्टी र व्यक्तिभन्दा माथि उठेर सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए । महोत्सवको माध्यमबाट राष्ट्रका उपल्लो तहका व्यक्तिलाई यस क्षेत्रमा ल्याउन सफल भएका छौँ, कुँवरले भने, ‘सो बाट यस क्षेत्रको विकासमा राज्यको ध्यानाकर्षण गर्न सफल भइयो ।’
कार्यक्रममा नेपाली काँग्रेस दोदोधरा सभापति गणेश शाही, क्षेत्रीय सचिव तेजप्रताप मल्ल, नेकपा (एमाले) क्षेत्रीय सचिव महेन्द्र ढुङ्गाना, नेकपा (एमाले) दोदोधरा अध्यक्ष जयरूप खतिवडा, कैलाली उद्योग वाणिज्य सङ्घका सदस्य शिवराज कुँवर, जनमोर्चा नेपालकी दोदोधरा अध्यक्ष रूपा आलेमगर, समाजसेवी उपेन्द्र बम, नयाँ शक्ति नेपालका दोदोधरा सयोजक लालबहादुर चौधरी, वसन्तमुरारी उमाविका प्राचार्य भूमिप्रकाश बम, दानवाफाटा सामुदायिक वनका अध्यक्ष टेकराज जोशी लगायतले शुभकामना मन्तव्य राखेका थिए । समापन समारोहमा महोत्सवलाई सहयोग गर्ने विभिन्न व्यक्ति र संघसंस्थालाई सम्मान गरिएको छ ।
लामो समयदेखि यस क्षेत्रको समाचार सम्प्रेषण गरेर प्रकाशन तथा प्रसारण पत्रकार भीम चौधरीलाई सम्मान गरियो । यस्तै, कान्तिपुर दैनिकका टीकापुर समाचारदाता गणेश चौधरी र पत्रकारिता क्षेत्रमा योगदान गरे बापत कोसेली एफएमका स्टेसन म्यानेजर तथा अनुमोदन दैनिकका सहसम्पादक लीलाराज खत्री लगायतलाई सम्मान गरियो । यस्तै, सामाजिक क्षेत्रमा सहयोग पुर्‍याए बापत बलबहादुर विष्ट, राजनीतिक क्षेत्रबाट समाजसेवा गरेबापत पूर्व जिविस सदस्य नैनबहादुर खड्का, कृषि क्षेत्रमा मीनराज गौतम, खेल क्षेत्रमा केशव बडुवाल र लोकेन्द्र कठायत, सन्त निरंकारी मण्डलका विजय कुँवर, वन संरक्षण क्षेत्र लालीगँुरास सामुदायिक वन समितिका अध्यक्ष भीमबहादुर कुँवर, महिला क्षेत्रबा सावित्री सापकोटा, दलित क्षेत्रबाट गजेन्द्र बिक लगायतलाई सम्मान गरियो ।
यस्तै, महोत्सव सञ्चालनको क्रममा प्रचारप्रसारमा सहयोग गरेकोमा एवीसी टिभी, अनुमोदन दैनिक, बर्दगोरिया खबर साप्ताहिक, टीकापुर दैनिक, पश्चिम लोकआवाज दैनिक, पश्चिम आवाज एफएम, रेडस्टार एफएम, मानसखण्ड दैनिक लगायत सञ्चार गृहलाई सम्मान गरियो ।
बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष तथा मूल समिति संयोजक रूपक सुनारको अध्यक्षतामा भएको समापन समारोह महासचिव दिनेश भण्डारीले सञ्चालन गरका थिए कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अमर बमले धन्यवाद मन्तव्य गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार