७ बैशाख २०८१, शुक्रबार

नायक केसी र गायक भरतले दर्शकलाई तताए



बौनिया । कैलालीको दोदोधरा गाविस—७, सडकपुर बौनियामा जारी सेती लोकमार्ग बर्दगोरिया धार्मिक महोत्सव २०७३ को एघारौँ दिन नायक भुवन केसी र आधुनिक गायक भरत ताम्राकारले भरपुर मनोरञ्जन दिएका छन् ।
नायक भुन केसी स्टेजमा आउँदै गर्दा कालो टोपी भदगाउले मेरो शिरैमा ढल्केको गीत बजाइएको थियो । यस गीतले तातेका दर्शक म तिमी बिना मरिहाल्छु बोलको गीत गाउँदै मैदानमा उत्रिएपछि दर्शकहरूलाई रोक्न प्रहरीलाई हम्मेहम्मे परेको थियो । गायक भरत ताम्राकारले पनि दर्शकलाई नचाउन सफल भएका थिए ।
यस्तै महोत्सवको बार्हौ दिन माघ २५ गते देउडा गायक हरिना साउद, लोकदोहोरी गायक सूर्य विरही साउँदलगायतका कलाकारहरूको प्रस्तुति रहने सांस्कृतिक सयोजक दिनेश भण्डारीले जानकारी दिए । महोत्सवको एघारौँ दिन ५ हजार बढीले अवलोकन गरेको मूल आयोजक समिति संयोजक रूपक सुनारले जनाए ।
महोत्सवको एघारौ दिन पाँच हजार बढी दर्शकले अवलोकन गरेको सुनारले बताए । माघ १४ गते सुरु भएको महोत्सव आज (मङ्गलवार) समापन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार