१२ बैशाख २०८१, बुधबार

धनगढीमा नयाँ सुनचाँदी पसल



धनगढी । कैलालीको धनगढीमा सोमबार एक नयाँ सुनचाँदी पसल सञ्चालनमा आएको छ । धनगढीको एलएन चौकमा ५० लाख रुपैयाँको लगानीमा राजु खड्काले ओम शान्ति कविता सुनचाँदी सञ्चालनमा ल्याएका हुन् ।
पसलको उद्घाटन निलम सुनचाँदी गहना पसलका सञ्चालक रमेश शैजुले गरेका छन् । १२ वर्षदेखि धनगढीमा दक्ष कालिगढको रूपमा कार्यरत खड्काले ग्राहकको चाहना र रोजाई अनुसार उपलब्ध गराउने बताए ।
पछिल्लो समय परम्परागत गरगहनाको माग समेत बढ्दै गएकाले आफ्नो पसलले आधुनिक तथा परम्परागत गहनाहरूको समेत निर्माण गर्ने गरी चारजना कालिगढबाट गहना उत्पादन गरिरहेको खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार