७ बैशाख २०८१, शुक्रबार

सिजी सुदूरपश्चिमले भित्र्यो विदेशी खेलाडी



धनगढी । सिजी सुदूरपश्चिम ११ स्पोर्टस क्लवले विदेशी खेलाडीलाई आफ्नो टीममा भित्र्याएको छ । नाईजेरीयाका युवा खेलाडी ओलाकेजी आईस्याक जिकोलाई क्लवले भित्र्याएको हो ।
धेरै नाईजेरीयाका खेलाडीहरु नेपालमा खेलिरहेकोमा जिको भने पहिलो पटक नेपाल आएका हुन । उनलाई क्लवले अनुवन्धन गरेको हो । मासिक ६० हजार नेपाली रुपैयाँ दिने गरी सीजी सुदूरपश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष सुरेश हमाल र विदेशी खेलाडी ओलाकेजी आईस्याक जिको विच एक कार्यक्रमका विच सम्झौता सम्पन्न भएको हो । सम्झौतापछि प्रतिक्रिया दिँदै जिकोले आफू क्लवका लागि राम्रो खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार