१६ चैत्र २०८०, शुक्रबार

एपिएफ सेमिफाइनलमा प्रवेश



धनगढी । सशस्त्र प्रहरी बलको एपिएफ क्लव धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ ।
बुधबार धनगढी क्षेत्रीय रंगशालामा भएको क्वाटरफाईनलमा एपिएफले काठमाडौंको संकटा क्लवलाई सून्यका विरुद्ध दुई गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो ।
एपीएफका अन्जन विष्टले दुवै गोल गरेका थिए । उनले पहिलो हाफको २३ औं मिनेटमा गोल गरेका थिए भने दोस्रो हाफको ८५ औ मिनेटमा अर्को गोल थपे । उनी खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्स म्यान अफ द म्याच भए ।
प्रतियोगिता अन्तर्गत आज (बिहीवार) नेपाल आर्मी क्लव र थ्री स्टार क्लवबीच प्रतिस्पर्धा हुदैछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार