१३ बैशाख २०८१, बिहीबार

सुदूरपश्चिम खप्तड गोल्डकप : अग्नी रुपन्देही–११ क्वार्टरफाइनलमा



धनगढी । धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको मंगलबारको खेलमा विजयी हुँदै अग्नी रुपन्देही–११ क्वार्टरफाइनलमा प्रवेस गरेको छ ।
प्रतिस्पर्धात्मक खेलमा रुपन्देही–११ ले भुटानको डुकस्टार क्लवलाई दुईका विरुद्ध तीन गोलले पराजित गरेर अन्तिम आठमा स्थान बनायो ।
रुपन्देहीले खेलको पूवार्धमा नै २–० ले अग्रता लिएको थियो । दोस्रो हाफमा रुपन्देहीले एक गोल थप्यो । रुपन्देहीका अमर डंगोलले पहिलो हाफको २२ औं र ३८ औ मिनेटमा गोल गरेका थिए भने मनिष थापाले दोस्रो हाफको ६९ औ मिनेटमा गोल गरेका थिए ।
भुटान डुकस्टारले दोस्रो हाफमा निकै आक्रामक खेल खेलको थियो । डुकस्टारका क्विन्गा चब्गेले ५८ औं मिनेटमा तथा अतिरिक्त समयको दोस्रो मिनेटमा एसी दोर्जीले गोल गरेका थिए । भुटानले अन्तिम समयमा पेनाल्टीको अवसर पाएको थियो, तर उसले त्यसलाई गोलमा परिणत गर्न सकेन ।
रुपन्देहीका गौतम श्रेष्ठले डि बक्सभित्र फाउल गरेपछि डुकस्टारले पेनाल्टी पाएको थियो । डुकस्टारका केजङ वाङ्जीले गरेको प्रहार रुपन्देहीका गोलकिपर सुजित गुरुङले बचाए । खेलका म्यान अफ द म्याच रुपन्देहीका अमर डंगोल भए ।
आज सिएमजी संकटा र एपीएफबीच सेमिफाइनलका लागि खेल हुने प्रतियोगिताका संयोजक ओमबिक्रम चन्दले जानकारी दिए ।

खेलका केही दृश्य

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार