१२ बैशाख २०८१, बुधबार

क्यास्पियन क्रिकेट हुँदै



धनगढी । कैलालीको धनगढीमा छैठौं आधारभुत विद्यालयस्तरिय क्यास्पियन क्रिकेट प्रतियोगिता हुने भएको छ ।
क्यास्पियन एकेडेमीको आयोजनामा माघ तीन गतेदेखि प्रतियोगिता हुने सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइयो ।
प्रतियोगितामा धनगढी उपमहानगरपालिका तथा गोदावरी नगरपालिका र कञ्चनपुरका केही विद्यालयका २० टिमको सहभागिता रहने जनाइएको छ ।
एकेडेमीका प्राधानाध्यापक तथा प्रतियोगिता आयोजक मुल समितिका संयोजक अनिल मिश्रले
पुस २६ गतेदेखि आयोजना गर्ने भनिएको प्रतियोगिता विविध कारणले माघ ३ गते सार्नुपरेको बताए ।
प्रतियोगिताको विजेताले २५ हजार तथा उपविजेता टिमले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार