८ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम खप्तड गोल्डकप : थ्री स्टार क्लब क्वाटरफाइनलमा



धनगढी । धनगढीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपमा खेलमा ललितपुरे ए डिभिजन क्लब रुस्लान थ्री स्टार क्लब क्वाटरफाइनलमा पुगेको छ ।
सोमबार भएको खेलमा झापा ११ लाई ३–१ ले पराजित गर्दै थ्री स्टार प्रतियोगिताको अन्तिम आठमा पुगेको हो ।
धनगढी रंगशालामा भएको थ्री स्टारलाई जित हात पार्न बुद्ध चेम्जोङ दुई तथा मार्टीन एक गोल गरे । झापाका कर्ण लिम्बु एक गोल फर्काएका थिए ।
प्रतिस्पर्धात्मक खेलमा ३४ औं मिनेटमा मार्टीन गोल गरेर थ्री स्टारलाई सुरुवाती अग्रता दिएका थिए । यस्तै, ३९ औं मिनेटमा बुद्ध गोल गरेर थ्री स्टारको अग्रता दोब्बर बनेको थियो भने खेलको ४१ औं मिनेटमा झापाका कर्ण लिम्बु एक गोल फर्काएका थिए । तर, खेलको ४३ औं मिनेटमा बुद्ध व्यक्तिगत दोस्रो गोल गर्दै ३–१ को अग्रता दिलाए ।
प्रतियोगिता अन्तर्गत आज भुटानको डुक स्टार र अग्नि रुपन्देही ११ बीच खेल हुने छ ।

खेलका केही दृश्य

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार