११ बैशाख २०८१, मंगलवार

वडास्तरीय फुटवल शुरु : वडा नम्बर ६ को विजयी शुरुवात



बौनिया । बर्दगोरिया गाउँपालिका भित्रका ६ वटा वडामा शुक्रबारदेखि वडास्तरीय फुटवल प्रतियोगिता शुरु भएको छ ।
सडकपुर बौनिया युवा क्लवको आयोजनामा सो फुटवल प्रतियोगिता सञ्चालन भइएको जनाइएको छ ।
प्रतियोगिताको कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरे । प्रतियोगिता उद्घाटन कार्यक्रम सडकपुरबौनिया युवा क्लवका अध्यक्ष प्रकाश साउँदको अध्यक्षतामा
भएको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ६ विजयी भएको छ । वडा नम्बर ६ ले ट्राइबेकरमा वडा नम्बर ३ लाई ३–१ गोल अन्तरले हरायो ।
प्रतियोगिता आज (शनिबार) सम्म सञ्चालन हुने जनाइएको छ ।
प्रतियोगिताको विजेताले पाँच हजार तथा उपविजेताले तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लवका सचिव धिरज शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार