११ बैशाख २०८१, मंगलवार

महोत्सवले मुहार फेरिदै




कैलाली । 
कैलालीको दोदोधरा गाविस—७, सडकपुर बौनियामा सेती लोकमार्ग बर्दगोरिया धार्मिक महोत्सव २०७३ सञ्चालन भइरहेको छ ।
माघ १४ गतेदेखि सुरु भएको महोत्सव बौनिया बजार व्यवस्थापन समितिले सञ्चालन गरेको महोत्सवको चौथो श्रृखला हो ।
माघ २३ गते समापन हुने भए पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता भएपछि महोत्सवको अवधि दुई दिन थप गरेर २५ गतेसम्मका लागि लम्ब्याईएको छ ।
‘सेती लोकमार्ग निर्माण, कृषि, शिक्षा, उद्योग र व्यापार, बौनिया बर्दगोरिया धार्मिक क्षेत्र विकासको आधार’ भन्ने नाराले सार्थकता पाउँदै गएको छ ।
बौनिया बजार व्यवस्थापन समितिले २०६८ सालबाट सुरु गरेको महोत्सव एकातर्फ अहिले आम कैलाली बासीको साझा उत्सवका रूपमा स्थापित भएको छ भने अर्कोतर्फ यस क्षेत्रको विकासमा ठुलो टेवा पुगेको छ ।
महोत्सव आयोजनासंगै यस क्षेत्रमा वातावारण अनुकुलित आरामदायी सुत्ने कोठा सहितका दर्जन बढी होटलहरु खुलेका छन् र खुल्ने क्रम जारी रहेका छन् ।
अहिले यस क्षेत्रमा होटेल हाईवे प्लाजा, अनुकूल, प्याराडाईज, वाटिका, दर्शन लगायतका सुविधा सम्पन्न होटलहरु खुलेका छन् । बाहिरबाट आएका पाहुनालाई बास बसाउँनका लागि टाढा पुग्नुपर्ने समस्या भएपछि बौनिया बजार व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष कर्णबहादुर कुँवर स्वयमले बौनियामा सुविधा सम्पन्न होटेल स्थापना गरेका थिए । उनले वातावरण अनुकुलित, अटैच बाथरुम सहितको होटेल हाईवे प्लाजा २०६९ मा स्थापना गरे । यसैसँग सुविधान सम्पन्न होटेल खुल्ने प्रक्रिया हालसम्म बौनियामा जारी छ ।
महोत्सव आयोजना पूर्व अर्थात् आजभन्दा ५ वर्ष अगाडिसम्म यस क्षेत्रमा खान र बस्नका लागि एउटा मात्र होटेल रहेका थिए । बौनियामा महोत्सवको सुरुवात गर्ने बजार व्यवस्थापन समितिका तत्कालीन अध्यष कर्णबहादुर कुँवरले महोत्सव सुरु गर्दा बाहिरबाट आएका पाहुनाहरुलाई बसाउँनका लागि लम्की र चिसापानीको होटेल पुग्नुपर्ने बाध्यता थियो । लम्की बौनियाबाट १२ किलोमिटर र चिसापानी २५ किलोमिटर टाढा पर्छ । तर, महोत्सव आयोजनासंगै यस क्षेत्रको होटलले ठुलो फड्को मारेको कैलाली उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कर्णबहादुर कुँवरले बताए ।
महोत्सव आयोजनासंगै सेती लोकमार्ग निर्माणमा राज्यको ध्यानाकर्षण भएको छ । महोत्सव आयोजना पूर्व सुस्त गतिमा रहेको सेती लोकमार्ग निर्माण अहिले तीव्र गतिमा भएको बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक सुनारले बताए । कैलालीको खक्रोला घाटदेखि चीनको ताक्लाकोटसम्म दुई सय ८६ किलोमिटर रहेको सेती लोकमार्गको विभिन्न खण्डमा निर्माण तीव्र गतिमा भइरहेको अध्यक्ष रुपक सुनारले बताए । अहिले अछामको कालिमाति, बूढीगंगा, चित्रे क्षेत्र हुँदै सेतीको लोडेसम्मको करिब ३५ किलोमिटर सडकको ट्याक खोल्ने काम चलिरहेको छ भने ४० करोडको टेण्डर भई बौनियादेखि उत्तरतर्फ करिब ३० किलोमिटरमा ट्याक खोल्ने र पुल बनाउँने कामको थालनीको अन्तिम चरणमा रहेको अध्यक्ष सुनारले बताए । अहिलेसम्मका चार वटै महोत्सवमा राज्यका उपल्लो तहमा पुगेका नेतृत्वलाई महोत्सवका माध्यमबाट बोलाउन सकिएकोले यस क्षेत्रको विकासमा थप बल पुगेको सुनारले बताए ।
यस्तै, धार्मिक तथा पर्यटकिय दृष्ट्रिले महत्त्वपूर्ण मानिने कैलालीको दोदोधरा—२, कुम्भियामा अवस्थित बर्दगोरिया धार्मिक स्थलको प्रचारप्रसारमा ठुलो टेवा पुगेको छ । महोत्सव संचालनसंगै यस क्षेत्रको विकासमा फड्को मारेको बौनिया बजार व्यवस्थापन समितिका महासचिव दिनेश भण्डारीको भनाई छ । महोत्सव आयोजनासंगै बर्दगोरिया क्षेत्रमा चार किलोमिटर सडक निर्माण भएको छ भन विभिन्न देवीदेवताको मन्दिर निर्माण समेत भएको महासचिव दिनेश भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार