८ बैशाख २०८१, शनिबार

जडिबुटी प्रशोधन केन्द्र स्थापना



दार्चुला । दार्चुलामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिएको छ । साना तथा मझौला कृषक आयस्तर बृद्धि कार्यक्रम अन्तरगत रिज्म एफपीको आर्थिक सहयोग तथा रिड्स नेपाल दार्चुलाको प्राविधिक सहयोगमा प्रशोधन केन्द्र स्थापना गरिएको छ ।
रिज्म एफपी दार्चुला र सुर्मा भवानी सहकारी संस्थाको आर्थिक सहयोगमा ५४ लाख ८३ हजार रुपैयाँको लागतमा सो प्रशोधन केन्द्र स्थापना गरिएको जनाइएको छ ।
मार्मा गाउँपालिका वडा नम्बर १ पारिबगडमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिएसँगै जडीबुटी संकलकहरूलाई राहत भएको छ । जटामसी, सगन्धवाल, सुनपाती, तीतेपाती जस्ता जडीबुटीहरू सो प्रशोधन केन्द्रमा प्रशोधन गरिने सुर्मा भवानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मण रोकायले बताए ।
जिल्लाको हिमाली क्षेत्रमा विभिन्न प्रकार जडीबुटीहरू पाइने भएपनि झण्डै २०/२५ प्रकारका जडीबुटीको मात्रै खरिद बिक्री हुने गरेको छ । जिल्लामा पाइने जडीबुटी संकलन गरी बाह्य जिल्लामा निर्यात गर्नुपर्ने भएकाले कम मूल्यमै जडीबुटी विक्री गर्नुपर्ने यहाँका जडीबुटी संकलकहरूको बाध्यता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार