१६ चैत्र २०८०, शुक्रबार

सांसद थापाले भने जनतालाई प्रतिफल दिनुपर्छ



मार्तडी । बाजुराबाट प्रतिनिधिसभाका नवनिर्वाचत सांसद लालबहादुर थापाले सोमबार सदरमुकाम मार्तडीमा निजामति कर्मचारीसँग अन्तरक्रिया गरेका छन् ।
उनले परिवर्तित सन्दर्भमा कर्मचारीले नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिए । हामी सबै मिलेर जनतालाई प्रतिफल दिने गरेर काम गर्नुपर्छ उनको आग्रह गरे ।
सांसद थापाले पत्रकारले सत्यतथ्यमा रहेर समाचार संप्रेषण गर्नुपर्नेमा पनि जोड दिएका थिए । उनले पत्रकार भएपछि पत्रकारले पत्रकारिता मात्रै गर्नुपर्नेमा पनि जोड दिएका थिए ।
उनले विभिन्न क्षेत्रका लागेकाहरूले आफ्ना काममा जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए । पत्रकारले पनि विभिन्न पेशामा लाग्नु भन्दा शुद्धरूपमा पत्रकारिता गर्नुपर्छ भन्ने नेता थापाको भनाइ थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहितका जिल्ला सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।
यसैबीच सांसद थापाले परम्परागतरूपमा मनाइने भुवो पर्वको उद्घाटन गरेका छन् । थापाले बुढीगंगा नगरपालिका अन्तर्गतको ब्रहमतोलाको ताप्रामा आयोजित भुवोको उद्घाटन गरेका थिए । पुसे औंशीका दिनदेखि शुरु हुने भुवो पर्व बाजुरामा पूर्णिमासम्म मनाइने गरिन्छ । भुवोखेल प्राचीन कालमा कौरब र पाण्डवको युद्ध पश्चात पाण्डवको विजय उत्सवरूपमा मनाइने गरिएको किम्वदन्ती छ ।
नवनिर्वाचित सांसद थापाले मतदाता भेटघाट कार्यक्रम पनि तीव्र बनाएका छन् । उनले उत्तरी क्षेत्रको कोल्टी, तिलुचौर, मध्यक्षेत्रको गौमुल, आँटीचौर र दक्षिण क्षेत्रका फालासैन, रिठावजारमा मतदाता भेटघाट गरेका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका थापाले चाडै चुनावमा झै जनताको घरदैलोमा पूग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार