११ बैशाख २०८१, मंगलवार

बझाङमै अहिल्यै काफल पाक्यो



बझाङ । अहिले नै बझाङका जंगलमा लटरम्म काफल फलेका छन् । फागुनको अन्तिमा हप्ता तिर फल्ने काफल चार पाँच महिना अगाडि नै फलेको देखेर स्थानीय बासिन्दा छक्क परेका छन् ।
बझाङको थलारा गाउँपालिकाको कपड्या जंगल, जयपृथ्वी नगरपालिकाको मयाना र पुङ्रको जंगल, छविसपाथीभेरा गाउँपालिकाको केही जंगलमा लटरम्म काफल फलेका छन् । थलारा गाउँपालिका ८ का बासुदेव शर्माले भने ‘पहीले यस्तो थिएन, छिटो भए फागुन महिनाको अन्तिम हप्ता तिर काफल फलेको देख्न सकिन्थ्यो ।’
जिल्ला वन कार्यलयका सहायक वन अधिकृत कर्णबहादुर खातीले भने जलवायु परिवर्तनको प्रभावले काफल छिटो फलेको बताए । जलवायु परिवर्तनले गर्दा तापक्रममा वृद्धि हुँदै गएपछि गर्मी मौसममा फल्ने फल जाडो मौसममा नै फल्न थालेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार