११ बैशाख २०८१, मंगलवार

सुदूरपश्चिम महोत्सव उद्घाटन



धनगढी । कैलालीको धनगढीमा सञ्चालन हुर्दै आएको सुदूरपश्चिम महोत्सव २०७४ बाह्रौ संस्करण शुक्रबारदेखि शुरु भएको छ ।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का सांसद नारदमुनी रानाले उद्घाटन गरे ।
विगतका वर्षझै कैलाली उद्योग वाणिज्य संघले यस पटक राज्यसँग १६ वटा मागको प्रतिक स्वरूप प्रमुख अतिथिलाई १६ किलोको माला लगाएको थियो ।
सो अवसरमा सांसद रानाले पाँच वर्षभित्र सबै माग पुरा गर्न आफू कटिवद्ध भएर लाग्ने बताए ।
सांसद रानाले निर्वाचनका समयमा जे जस्तो तिक्तता भए पनि अब सम्पूर्ण राजनीतिक दलहरूले विकास र समद्धिको लागि एक जुट हुनु आग्रह गरे । ‘अब दलहरूमा एकता र सद्भावको खाचो आवश्यक छ’ उनले भने– ‘यसका लागि सबै राजनीतिक दलहरूले एक ठाउँमा आउन आवश्यक भएको छ ।’
उनले भने– ‘मैले ५ वर्षमा पुरै मालाको तौल त घटाउन सक्दैन, तर मेरो बलभूताले भ्यायसम्म प्रयास गर्ने छु ।’
७ नम्बरको विकासका लागि गौरीफन्टा नाकाको स्तरोन्नती, गेटा विमानस्थलको विकास र शिक्षा र स्वास्थ्यको जस्ता मुद्दामा गम्भीर भएर लाग्ने उनले उल्लेख गरेका थिए ।
उद्घाटन कार्यक्रममा कैलाली–५ का प्रदेश सभा सदस्य डिल्लीराज पन्तले समग्र प्रदेशको विकासका लागि कुनै एक क्षेत्रले भन्दा पनि सम्पूर्ण पक्ष एकजुट भएर लाग्नुपर्ने बताए ।
राजनीतिमा समय धेरै खर्च गरेको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अब विकास समृद्धि तर्फ ध्यान दिन सबैलाई आग्रह गरे । उनले ७ नम्बर प्रदेश अब आत्मा निर्भर बन्न सक्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस कैलालीका सचिव पूर्ण कुँवर, नेपाल यातायात महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर लगायतले मन्तव्य व्यक्त गरेका थिए । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीको अध्यक्षतमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हिक्मत कुँवरले स्वागत मन्तव्य व्यक्त गरेका हुन् ।
कलाकारको प्रस्तुति, खानपान, रमाइलो मेला, बालउद्यान, कृषि उपज प्रर्दशनी मुख्य आर्कषण रहेको महोत्सवमा एक सय ७० व्यापारिक स्टल, कृषि, होटल रेष्टुरा सहित दुई सय ५० स्टल रहेको बताए ।
महोत्सव सञ्चालनमा करिब ८० लाख रुपैयाँ खर्च हुने तथा महोत्सव अवधिभरी करिब १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ भने महोत्सवमा करिब पाँच लाख व्यक्तिले अवलोलन गर्ने अनुमान रहेको छ ।
महोत्सवको आज (शनिबार) दोस्रो दिन अमेरिका नेपाल सांस्कृतिक मेला धनगढीको आयोजनामा युएस नेपाल सांस्कृतिक मेला हुने भएको छ । मेलामा गायिक मानदेवी त्रिपाठी, गायक द एक्स बेण्ड, हिपहप डान्सर, स्थानीय कलाकार लगायतको प्रस्तुति रहने छ । साथै अमेरिकी कुटनितिज्ञसँग कुराकानी, शैक्षिक स्टलहरू, बुक बस (पुस्तक प्रर्दशनी) पनि रहने छ ।पुस ०१ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार