Category: स्वास्थ्य/शिक्षा


स्टाफ नर्सहरूको सरुवा : स्वास्थ्य सेवा प्रवाह प्रभावित

धनगढी । स्वास्थ्यकर्मीहरूको कमीको समस्या कायमै रहेकोबेला स्वास्थ्य सेवा विभागले सुदूरपश्चिमका विभिन्न जिल्लाबाट १६ जना स्टाफ नर्सहरूलाई अन्य प्रदेशमा सरुवा गरेको छ । एकैचोटी १६ जना स्टाफ नर्सहरूको अन्यत्र सरुवा हुँदा सम्बन्धित जिल्ला वा स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा प्रवाह प्रभावित हुने देखिएको छ । स्वास्थ्य सेवा विभागले सोमबार जारी गरेको स्टाफ नर्स सरुवा सूचीमा सुदूरपश्चिम  … Read more

सरकारी डाक्टरहरूलाई निजी अस्पतालमा काम गर्न रोक

धनगढी । सुदूरपश्चिम सरकारले स्वास्थ्यकर्मीलाई कार्यालय समयमा निजी अस्पताल र क्लिनिकमा काम गर्न रोक लगाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार प्रदेश मातहातमा रहेको अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलाई निर्णय कार्यान्वयन गर्न भनेर परिपत्र गरिसकेको छ । निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीद्वारा हस्ताक्षरित सो पत्रमा सरकारी डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई कार्यालय समयमा  … Read more

जेठभित्र साक्षर स्थानीय तह घोषणा गर्ने प्रतिवद्धता

धनगढी । कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तहले आगामी जेठ महिनाभित्र साक्षर स्थानीय तह घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सामाजिक विकास मन्त्रालयको आयोजनामा धनगढीमा भएको चालू आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेट तथा कार्यक्रम (शिक्षा क्षेत्र) सम्बन्धी दुई दिने गोष्ठीमा कैलालीका १३ र कञ्चनपुरका नौ वटा स्थानीय तहका शिक्षा शाखा प्रमुखहरूले सो  … Read more

शिक्षामा बढ्दो अन्योल

धनगढी । “अहिलेको संरचनाले जिल्ला शिक्षा कार्यालयको नाम परिवर्तन गरेर शिक्षा विकास तथा समन्वय इकाई भनेर जिल्ला प्रशासन मातहत छ, तर केही पनि भूमिका दिइएको छैन” बुधबार धनगढीमा आयोजित एक कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका प्रमुख दुर्गादत्त विष्टले भने– “कर्मचारी छन्, तर जिम्मेवारी छैन । हामी अन्योलको अवस्थामा छौं ।” धनगढी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख वीरबहादुर नेपालीले  … Read more

अफ्ठेरोमा स्वास्थ्य संस्थाहरू

धनगढी । बाजुराको बुढीनन्दामा रहेको पण्डुसैन स्वास्थ्य चौकीमा सिटामोल र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा इम्पलान्ट छैन् । देश संघीय संरचनामा प्रवेश गरेसंगै सुदूरपश्चिम प्रदेशका अधिकांस जिल्लामा रहेका प्राथमिक स्वास्थ्य, स्वास्थ्य चौकीमा नियमित औषधि पाउन कठिन भइरहेको जनाईएको छ । केही दिन अघि धनगढीमा भएको प्रदेश स्तरिय स्वास्थ्य समीक्षा कार्यक्रममा प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज  … Read more

स्वास्थ्यप्रति सजग बन्दै एचआइभी संक्रमित

धनगढी । डोटीमा ७१५ जना एचआइभी संक्रमितले उपचारका क्रममा नियमित रूपमा एआरटी नामक औषधि सेवन गर्न थालेका छन् । नियमित औषधि सेवन गर्नेहरु फुर्तिलो भई सहज जीवनयापनमा सघाउ पुगेको छ । औषधि सेवन गरे अझै केही समय बाँच्न सकिन्छ भन्ने जानकारी पाएपछि आफूहरु लगातार रुपमा एआरटी नामक औषधि खान थालेको एआरटी औषधि खाइरहेका संक्रमित एक  … Read more

डा सुशिलनाथ प्याकुरेललाई अधिकारसहित निमित्त सचिवको जिम्मेवारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशिलनाथ प्याकुरेललाई अधिकारसहितको निमित्त सचिवको जिम्मेवारी दिइएको छ। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आइतबार मन्त्रीस्तरिय निर्णय गर्दै डा प्याकुरेललाई निमित्त सचिवको जिम्मेवारी दिएका हुन्। डा प्याकुरेलले अधिकारसहितको पत्र बुझिसकेका छन्। उक्त पत्रमा मन्त्रीपरिषदले अर्को व्यवस्था नगरेसम्म प्रशासनिक अधिकारसहित निमित्त सचिवका रुपमा कामकाज गर्न  … Read more

खानपिनमा ध्यान दिन स्वास्थ्यकर्मीको आग्रह

धनगढी । दशैंतिहार भन्ने वित्तिकै मिठो खाने, राम्रो लगाउने अर्थ लगाइन्छ । हिन्दूहरूको दोस्रो ठूलो पर्व तिहारमा प्राय: चिल्लो पदार्थ, माछामासु, मिठाइ खाने प्रचलन छ । तिहारमा घ्यू र तेलमा बनाइएका मिठाईको बढी सेवन हुने गर्दछ । त्यस्तै, माछामासुको पनि प्रयोगमा बृद्धि हुन्छ । मदिराको सेवन पनि बढ्ने गर्दछ । “चाडपर्व भनेकै मिठो खाने, राम्रो  … Read more

फेबिकोलमा ‘झुम्दै’ नशेडीहरू

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६, चैनपुरस्थित शम्भुसुनन्दा सामुदायिक वनभित्र जताततै छरिएका फाटेका प्लाष्टिक र फेबिकोलका खाली डिब्बाहरू । ‘वनभित्र जताततै फाटेका काला रंगका प्लाष्टिक ?’ वनका उपभोक्ताहरू छक्क परे । दैनिकजसो वनमा प्लाष्टिकका थैला भेटिन थालेपछि अचम्म परेका वनका उपभोक्ताहरूले खोजिनिति गरे । केही दिनको खोजबिनपछि पत्ता लाग्यो– ‘यो सबै नशेडीहरूको करामत  … Read more

स्वास्थ्यकर्मीहरूको गुनासो– स्वास्थ्य सेवा प्रवाहमा समस्या थपियो

धनगढी । गत आर्थिक वर्षमा कैलालीको टीकापुर अस्पतालले सुरक्षित मातृत्व कार्यक्रमका लागि आठ लाख रुपैयाँ प्राप्त गर्‍यो । टीकापुर अस्पतालले ११ महिनाको अवधिका लागि सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गर्न सरकारसँग ९५ लाख रुपैयाँ बजेट माग गरेको थियो । तर, संघीय सरकार र प्रदेश सरकारबीच तालमेल नमिलेकोले सुरक्षित मातृत्व कार्यक्रम समेत प्रभावित हुने अवस्था आएको छ  … Read more