Category: स्वास्थ्य/शिक्षा


आयुर्वेद योग शिक्षा कार्यक्रम

धनगढी । सुदूरपश्चिम प्रदेशका विद्यालयहरुमा आयुर्वेद योग शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयको आयोजनामा कार्यक्रम सञ्चालनका लागि प्याकेज निर्माण तथा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको छ । दुई दिने कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सबै ४० वटा आयुर्वेद अस्पतालका प्रमुखहरुको सहभागिता रहेको सामाजिक विकास मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा  … Read more

सुदूरपश्चिममा कुपोषणको समस्या बढ्दो

धनगढी । सुदूरपश्चिमसहित देशभर कुपोषण बढ्दै गएको एक तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार कुपोषणका कारण सुदूरपश्चिमका ३५।९ प्रतिशत नागरिकमा पुड्कोपन छ भने ४९।८ प्रतिशत पाँच वर्षमुनीका बालबालिकामा रक्त अल्पताको मसस्या छ । सुदूरपश्चिमका ३९।३ प्रतिशत महिलामा रक्त अल्पता छ । २८।१ प्रतिशत सुदूरपश्चिमेली कम तौलका छन् भने ७।७ प्रतिशत बढि तौलको समस्या छ ।  … Read more

अक्षरांकन पद्धति व्यवस्थित गर्नुपर्ने

धनगढी । सरकारले सञ्चालन गरेको अक्षरांकन पद्धतिलाई व्यवस्थित गरेर थप प्रभावकारी बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय परीक्षा बोर्ड योजना तथा मूल्यांकन महाशाखा काठमाडौंले बिहीबार धनगढीमा आयोजना गरेको अक्षरांकन पद्धतिको कार्यान्वयन र प्रमाणीकरण प्रभाव सम्बन्धी गरिएको छलफलमा प्रदेशका ९ वटै जिल्लाबाट सहभागी शिक्षक तथा सरोकारवालाले सो सुझाव दिएका हुन् । छलफल उद्घाटन गर्दै  … Read more

शिविरमा २८६ को निःशुल्क स्वास्थ्य जाँच

बाजुरा । जहरसिंह बुढा स्मृति प्रतिष्ठान बाजुराले त्रिबेणी नगरपालिकाको आर्थिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । प्रतिष्ठानले त्रिवेणी नगरपालिकाको वडा नम्बर ८ स्थित जोभियल एकेडेमी ढडालीमा शनिबार स्वास्थ्य शिविर सञ्चालन गरी दुई सय ८६ जनाको निःशुल्क स्वास्थ्य जाँच गरेको हो । शिविरमा ९३ जनाले भिडियो एक्स–रे सेवा, ४६ जनाले ल्याब सेवा, १६ जना  … Read more

प्रारम्भिक बाल विकासको रणनीति : रायसुझाव संकलन गरियो

धनगढी । प्रारम्भिक बालविकासको रणनीति (२०१९–२०३०) का लागि कैलालीको धनगढीमा राय सुझाव संकलन गरिएको छ । राष्ट्रिय योजना आयोगको आयोजना तथा युनिसेफको सहयोगमा सञ्चालन भएको प्रारम्भिक बाल विकाससम्बन्धी जानकारी तथा परामर्श कार्यक्रममा नयाँ बन्ने रणनीतिका लागि रायसुझाव संकलन गरिएको जनाइएको छ । नेपालको संविधान, २०७२ ले नेपालका बालबालिकालाई प्रारम्भिक बालविकासका सेवाहरू र सहभागिता हुने पाउने  … Read more

फोहोरबाट स्वरोजगारी

धनगढी । आम मानिसले फोहोर भन्ने वित्तिकै दुर्गन्ध भनेर बुझ्छन् । जथाभावी रूपमा जहातही फोहोर फाल्दा वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर पु¥याउँछ भन्ने आम मानिसको सामान्य बुझाई रहेको छ । तर, देशका केही स्थानमा भने फोहोरलाई व्यवस्थापन गरेर आम्दानीसँगै स्थानीयलाई स्वरोजगार पनि बनाइएको छ । नेपालको पोखरा, धनकुटा, नेपालगञ्ज, दाङ सहितका जिल्लाका केही स्थानीय तहले फोहोर व्यवस्थापन  … Read more

वेवास्ताका कारण नसर्ने रोगको समस्या बढ्दो

धनगढी । मानिसको वेवास्ताका कारण पछिल्ला वर्षहरूमा नेपालमा नसर्ने रोगका रोगीको संख्यामा निरन्तर बृद्धि भइरहेको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले बुधबार धनगढीमा आयोजना गरेको स्वास्थ्य अधिकार हनन् सम्बन्धी घटना, अध्ययन तथा पुनरावलोकन तथा नसर्ने रोगका रोकथामसम्बन्धी अन्तरक्रियामा सहभागी स्वास्थ्यकर्मीहरूले नियमित चेकजाँच नगर्ने र खानपिनमा ध्यान नदिँदा नेपालमा नसर्ने रोगका रोगीको संख्या बढिरहेको बताए  … Read more

महिलामा मानसिक समस्या बढ्दै

धनगढी । कैलालीकी २४ वर्षीया सञ्जु विक (नाम परिवर्तन) का श्रीमान् पाँच वर्षदेखि वैदेशिक रोजगारमा छन् । उनका श्रीमान् धेरै पटक घर आएका छन् । तर पनि सञ्जुको मन उदास हुन थाल्यो । आत्मबल कमजोर हुनथाल्यो । “मैले मर्नेसम्म सोच बनाए” उनले भनिन्– “कसका लागि बा“च्ने ? किन बा“च्ने जस्तो लाग्न थाल्यो । त्यतिबेला मलाई  … Read more

स्वास्थ्य सेवाको क्षेत्रमा समस्या नै समस्या

धनगढी । राज्यको पुनर्संरचना भएसँगै सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा समस्या बढ्न थालेका छन् । स्वास्थ्य क्षेत्रको संरचनामा समेत परिवर्तन भएपछि स्वास्थ्य सेवा प्रवाह समेत प्रभावित हुन थालेको छ । स्वास्थ्य सेवा क्षेत्रको समग्र सूचकांक खस्किन थालेका छन् । अस्पताल र स्वास्थ्यकर्मी व्यवस्थापनमा समस्या बृद्धि भएको छ । पछिल्लो तथ्यांक अनुसार स्वास्थ्यकर्मीहरूको सरुवा र अस्पताल व्यवस्थापनमा  … Read more

योग सम्बन्धी तालिम शुरु

धनगढी । स्वास्थ्यकर्मीहरूका लागि योग सम्बन्धी तालिम प्याकेज तथा सञ्चालन कार्यक्रम मंगलबारदेखि शुरु भएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको आयुर्वेद महाशाखाको आयोजनामा भएको तालिम तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । तालिममा प्रदेशका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ । योगगुरु लवदेव मिश्रले तालिममा प्रशिक्षण दिइरहेका छन् । सो अवसरमा नेपाल पत्रकार महासंघ, कैलालीका अध्यक्ष  … Read more