Category: पर्यटन


खप्तड सांस्कृतिक पदयात्रा शुरु

धनगढी । प्रदेश नम्बर ७ मा धार्मिक पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक जागरणका लागि शुक्रबारदेखि ‘अन्तर्राष्ट्रिय सांस्कृतिक खप्तड पदयात्रा तथा काव्य सम्मेलन’ शुरु भएको छ । धार्मिक पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक जागरण अभियानमा नेपाल र भारतका दुई सय भन्दा बढी संस्कृतिकर्मी, साहित्यकार, सञ्चारकर्मी लगायतको सहभागिता रहेको छ । प्रदेश ७ को उद्योग, वन, वातावरण तथा पर्यटन  … Read more

कैलाली भ्रमण वर्ष : वार्षिक क्यालेण्डर तयार गरेर कार्यक्रम गरिने

धनगढी । कैलाली भ्रमण वर्ष २०७५ मा वार्षिक क्यालेन्डर तयार गरेर आगामी कार्यक्रमहरू सञ्चालन गरिने भएको छ । जिल्ला समन्वय समिति, कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भ्रमण वर्षका आगामी कार्यक्रमहरू वार्षिक क्यालेन्डरअनुसार अगाडि बढाइने जानकारी दिइयो । जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापाले जिल्ला १३ वटै स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रमा केन्द्रीत भएर  … Read more

सांस्कृतिक खप्तड पदयात्रा : प्रदेशका प्रमुख धार्मिक पर्यटन गन्तव्यहरू लक्ष्य

धनगढी । प्रदेश नम्बर ७ मा धार्मिक पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक जागरणका लागि ‘अन्तर्राष्ट्रिय सांस्कृतिक खप्तड पदयात्रा’ हुने भएको छ । कैलालीको गोदावरी धामदेखि खप्तडसम्म हुने सांस्कृतिक पदयात्रा आगामी २८ गतेदेखि शुरु हुने जनाइएको छ । सांस्कृतिक खप्तड पदयात्राका क्रममा कैलालीको गोदावरीधाम, डडेल्धुराको परशुराम धाम, चुरे पहाडको मध्यभागमा रहेको आलीताल र वेतकोट ताल, अमरगढी किल्ला,  … Read more

कैलाली भ्रमण वर्ष २०७५ शुरु

धनगढी । कैलाली भ्रमण वर्ष २०७५ शुरु भएको छ । लम्की चुहा नगरपालिका वडा नंं ३ को चिसापानीमा कैलाली भ्रमण वर्ष २०७५ को उद्घाटन गर्दै रक्षा मन्त्री ईश्वर पोखरेलले पर्यटन विकासको लागि स्थानीय जनताको जीवनपद्धति, आर्थिक गतिविधि र स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए । मन्त्री पोखरेलले जबसम्म यहाँको जनाताको जिन्दगीसँग गाँसेर अगाडि बढ्न सकिदैन तबसम्म  … Read more

कैलाली भ्रमण वर्षको २०७५ : तयारी अन्तिम चरणमा

धनगढी । आगामी २२ गते कैलालीको कर्णाली चिसापानीबाट आरम्भ हुने कैलाली भ्रमण वर्षको तयारी अन्तिम चरणमा पुगेको छ । कैलाली भ्रमण वर्ष, २०७५ को प्रधानमन्त्री केपी शर्मा ओलीले एक विशेष समारोहबीच आगामी २२ गते कर्णाली चिसापानीमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कैलाली भ्रमण वर्ष, २०७५ बारे शनिबार लम्कीचुहा नगरपालिकाले लम्कीमा आयोजना गरेको पत्रकार सम्मेलनमा  … Read more

कर्णालीमा र्‍याफ्टिङमा रमाउनेहरू बढे

टीकापुर । कैलाली पर्यटकीय क्षेत्रका रूपमा विकास हुन थालेको छ । कैलाली जिल्लामा आउनेहरू चिसापानी घुमघामसँगै कर्णाली नदीमा चिसापानीदेखि टीकापुरसम्म र्‍याफ्टिङ यात्रा र टीकापुर पार्कमा घुम्न आउनेको संख्यामा बृद्धि आएको छ । विभिन्न संघसंस्थाले समेत कर्णाली नदीमा र्‍याफ्टिङ गराउने गरेका छन् । पछिल्लो पटक सोमबार सुरक्षित आप्रवासन परियोजनाले आफ्ना कर्मचारीहरू र पत्रकारहरूलाई कर्णालीको चिसापानीदेखी टीकापुर  … Read more

पर्यटकीय स्थल आलिताल ओझेलमा

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले प्रदेश नम्बर ७ को प्रचूर सम्भावना बोकेको आलिताल संरक्षण र संवद्र्धन गर्न नसक्दा ओझेलमा परेको छ । डडेल्धुुराको भित्री मधेस आलिताल गाउँपालिका वडा नम्बर ३ मा रहेको आलिताल सम्बन्धित निकायले तालको संरक्षण र सम्वर्धन गर्नमा ध्यान नदिँदा ओझेलमा परेको छ । आलिताल समुद्री सतहबाट आठ सय मिटर उचाइमा महाभारत पहाडी श्रृंखलाको  … Read more

भादा महोत्सव शुरु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा आजदेखि थारू होमस्टे गाउँ भादा महोत्सव–२०७४ शुरु भएको छ । महोत्सव थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा भइरहेको छ । ‘संरक्षण सम्वद्र्धनके लाग सक्कु जाने करी काम, संस्कृति भेषभुषा राखी हमार पहिचान’ भन्ने नाराका साथ शुरु भएको महोत्सवको उद्घाटन धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले गरे  … Read more

सुदूरपश्चिम महोत्सव उद्घाटन

धनगढी । कैलालीको धनगढीमा सञ्चालन हुर्दै आएको सुदूरपश्चिम महोत्सव २०७४ बाह्रौ संस्करण शुक्रबारदेखि शुरु भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का सांसद नारदमुनी रानाले उद्घाटन गरे । विगतका वर्षझै कैलाली उद्योग वाणिज्य संघले यस पटक राज्यसँग १६ वटा मागको प्रतिक स्वरूप प्रमुख अतिथिलाई १६ किलोको माला  … Read more

मंसिर २ गते शनिबार @ टीकापुर पार्क (फोटो फिचर)

टीकापुर । मंसिर २ गते शनिबार टीकापुर पार्कमा आन्तरिक तथा वाह्य पर्यटकको घुइचो लागेको छ । शनिबार एकै दिन कैलाली, बर्दिया, बाके, सुर्खेत दाङ लगायतका स्थानबाट हजारौं पर्यटक भ्रमण तथा बनभोजका लागि टीकापुर पुगेका छन् । शनिबार प्रवेश शुल्क मात्रै एक लाख ५६ हजार रुपैया उठेको पार्कका इञ्चार्ज अर्जुन कुवरले बताए । पार्क प्रवेश गर्दा  … Read more