Category: अर्थ / वाणिज्य


ठेकेदारले उखेले सौर्य वत्ती

डोटी । दिपायलमा जडान गरिएका सोलार (सौर्य बत्ती) हरु ठेकेदारले उखेल्न थालेका छन् । आफूहरुसँग गरिएको सम्झौताअनुसार रकम नदिएको भन्दै दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्तीहरु ठेकेदारले धमाधम उखेल्न सुरु गरेका हुन् । सरकारी अनुदानमा ठेकेदार कम्पनी मर्निङ सनले पिपल्ला बजारमा जडान भएका ३० वटा सौर्यबत्ती मध्ये ७ वटा बत्ती हटाउन लागेको ठेकेदार वेदप्रकाश कठायतले बताए  … Read more

रन्तोलाः फागुनमा पनि बारीभरी सुन्तला

फल्टुडे (चुरे)  । कैलालीको पहाडी गाउँपालिका चुरेको फल्टुडेबाट झण्डै ३५ किलोमिटरमा रहेको रन्तोला गाउ । रन्तोला गाउँमा आधुनिक प्रविधिबाट सुन्तला खेती गरिरहेका छन्, भागिप्रसाद भुसालले । अन्यत्र प्रायः सुन्तलाको उत्पादन सकिए पनि रन्तोलामा फागुन महिनामा पनि सुन्तला उत्पादन हुने गर्दछ । भागिप्रसादको बारीमा लटरम्म सुन्तला पाकेका छन् । तर, उनले अपेक्षा गरेअनुसार सुन्तलाबाट प्रतिफल पाउन सकेका  … Read more

क्रसर बन्द भएपछि निर्माण कम्पनीको गुनासो: आयोजना निर्माण प्रभावित

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ महरा टोलमा रहेको घुम्ती क्रसर बन्द भएको चार हप्ता पुगेको छ । सो घुम्ती क्रसर बन्द हु“दा मोहनापुल–अत्तरिया छ लेन सडक आयोजनाको काममा प्रभावित भएको निर्माण कम्पनीको गुनासो छ । ढुङ्गा, बालुवा, गिट्टी संकलन तथा घाटगद्दी अनुगमन समिति, कैलालीले गत माघ २४ गते प्रहरी प्रशासनको सहयोगमा लगाएर घुम्ती  … Read more

अनुमति विना क्रसरः आयोजनाहरुले अझै कागजपत्र बुझाएनन्

धनगढी । कैलाली जिल्लामा सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुले क्रसर सञ्चालनका लागि अनुमतिसहितको विवरण बुझाउन सकेका छैनन् । ढुङ्गा, बालुवा, गिट्टी उत्खन्न, संकलन तथा घाटगद्दी समितिले जिल्लामा सञ्चालनमा रहेका क्रसर सञ्चालकलाई विवरण बुझाउन माग गर्दा आयोजनाअन्र्तगतका कसैले पनि अनुमतिसहितको कागजपत्र बुझाउन नसकेको जनाइएको छ । जिल्लामा रानी जमरा कुलरिया सि“चाइ आयोजना, मोहनापुल–अत्तरिया छ लेन सडक आयोजना,  … Read more

दिपायल महोत्सव शुरू, नाैं किलोको मालाद्वारा मन्त्री भट्ट सम्मानित

दीपायल । चेम्बर अफ कमर्स डोटीले आयोजना गरेको प्रादेशिक महोत्सवको सुदूरपश्चिम प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री माया भट्टले उद्घाटन गरेकी छन् । ‘सेतीको हिरा खप्तडको मोती, ब्यापार कृषी पर्यटन र जलस्रोतबाट बनाउँछौँ समुन्नत डोटी’ भन्ने मुल नाराका साथ २७ गतेसम्म संचालन हुने महोत्सव दिपायलमा शुरू भएको हाे । उद्घाटन समारोहमा मन्त्री भटटलार्इ ९ किलोको  … Read more

एनसेलको टावरमा आगजनी

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ३ पिपलाडीमा रहेको एनसेलको टावरमा आगजनी गरिएको छ । शुक्रबार राति गरिएको आगजनीबाट टावरका तार र मिटरबक्स जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगजनी कसले गरेको हो भन्ने विषयमा केही खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्ण ओझाले बताए । तर आगजनी गरिएको क्षेत्रमा ‘जय जनता’  … Read more

सुदूरपश्चिम महाेत्सव सम्पन्न, तीन कराेडकाे काराेबार

धनगढी । कैलालीको धनगढीमा सञ्चालन भएको सुदूरपश्चिम महोत्सव २०७५ आईतबार सम्पन्न भएको छ । माघ २१ गतेदेखि शुरु भएको महोत्सवको एक समारोहकाबिच आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले समापन गरेका थिए । सो अवसरमा बोल्दै मन्त्री बोहराले बिगतबाट पिछ्डिएको सुदूरपश्चिमको बिकासका लागी केन्द्र सरकारलाई समेत दवाव दिदै सुन्दर सुदूरपश्चिमको निर्माणमा लागी परेको बताए । उद्योगी,  … Read more

सबै जिल्लामा राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको शाखा विस्तार गर्नुपर्छ : मुख्यमन्त्री शाही

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चलाई जिल्लास्तरमा विस्तार गरिनुपर्ने वताएका छन् । मञ्चको दोस्रो साधारणसभाबाट नवनिर्चाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सपथग्रहण, प्रमाणपत्र वितरण र सुनचाँदी व्यवसायको समसामयीक विचार गोष्ठीमा शनिबार बोल्दै मन्त्री शाहीले केन्द्रमा मात्रै सीमित नभई ७७ वटै जिल्लामा मञ्चलाई विस्तार गरिनुपर्ने बताएका हुन् । उनले भने,‘मञ्चको ७७ वटै जिल्लामा शाखा बनाउनुपर्छ  … Read more

क्रसर तथा घुम्ती क्रसरको कागजात माग

धनगढी । ढुङ्गा, बालुवा, गिट्टी उत्खन्न, संकलन तथा घाटगद्दी समितिले जिल्लामा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तथा घुम्ती क्रसरको कागजात माग गरेको छ । गोदावरी नगरपालिका वडा नम्बर २ महरा टोलस्थित अनुमतिविनै सञ्चालनमा रहेको घुम्ती क्रसरबारे समितिको बैठकले थप अन्य सञ्चालनमा रहेका क्रसरबारे चासो लिएको छ । बैठकले जिल्लाभरी सञ्चालनमा रहेका क्रसरहरुलाई पा“च दिनभित्र कागजपत्र बुझाउन निर्देशन  … Read more

चार सय २३ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य

धनगढी । सरकारले सुदूरपश्चिम प्रदेशमा चार सय २३ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले बिहिबार उद्घाटन गरेको ‘जनताको जलविद्युत् आयोजना कार्यक्रम’ अन्र्तगत यस प्रदेशमा तीन वटा आयोजनामार्फत सो क्षमताको विद्युत उत्पादन गर्ने लक्ष्य लिएको हो । यस प्रदेशमा चैनपुर सेती, सेती ३ र अपर सेती आयोजना सञ्चालन गर्ने सरकारको  … Read more