Category: खेलकुद


फारवेष्ट पशुपति कप : सहारा र सुदूरपश्चिम–११ सेमिफाईनलमा प्रवेश

धनगढी । धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटवल प्रतियोगितामा सहारा युवा क्लव, पहलमानपुर र सुदूरपश्चिम–११ स्पोटर््स क्लव विजयी हुँदै सेमिफाईनल चरणमा पुगेका छन् । धनगढी क्षेत्रीय रंगशालामा बुधबार भएका खेलमा सहारा युवा क्लवले गौरीगंगा–११ स्पोटर््स क्लवलाई पराजित गर्‍यो भने सुदूरपश्चिम–११ ले नवदुर्गा युवा क्लवलाई हरायो । बुधबारको सहारा र गौरीगंगा–११ बीचको खेल एकतर्फी रूपमा टुंगियो  … Read more

चौथो फारवेष्ट पशुपति कप : सहारा, सुदूरपश्चिम–११ र पिएफए अत्तरिया विजयी

धनगढी । धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिताको मंगलबार भएका खेलमा सहारा युवा क्लव पहलमानपुर, सुदूरपश्चिम–११ स्पोर्ट्स क्लव र पिएफए अत्तरिया विजयी भएका छन् । जीतसँगै तीनै टोली क्वार्टर फाईनलमा प्रवेश गरेका छन् । धनगढी क्षेत्रीय रंगशालामा भएको खेलमा सहारा युवा क्लवले हेटौंडा फुटवल एकेडेमीलाई सून्यका विरुद्ध पाँच गोलको फराकिलो अन्तरले हरायो । खेल  … Read more

रुस्लान डिपिएल सर्‍यो

धनगढी । नेपाल र युएईबीचको एक दिवसीय क्रिकेट (वान डे) तथा टि–२० खेलका कारण रुस्लान डिपिएल सञ्चालनको मितिमा परिवर्तन गरिएको छ । रुस्लान डिपिएलको आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले आगामी माघ १९ गतेदेखि फागुन ४ गतेसम्म खेल आयोजना हुने समय तालिका यसअघि नै सार्वजनिक गरेको थियो । डिसिएद्वारा मंगलबार प्रकाशित विज्ञप्तिमा रुस्लान डिपिएल सञ्चालन  … Read more

फारवेष्ट पशुपति कप : नवदुर्गा, मनकामना र गौरीगंगा विजयी

धनगढी । धनगढीमा जारी फारवेष्ट पशुपति कपको सोमबारको खेलमा नवदुर्गा युवा क्लव, मनकामना युवा क्लव र गौरीगंगा–११ स्पोर्टस क्लव विजयी भएका छन् । सोमबारको खेलहरूमा नवदुर्गाले घोडाघोडी युवा क्लव सुखडलाई, मनकामना युवा क्लव जुगेडाले वनदेवी युवा क्लव तेघरीलाई र गौरीगंगाले सुदूरपश्चिमाञ्चल फुटवल एकेडेमीलाई पराजित गर्दै क्वाटर फाईनलमा प्रवेश गरेका छन् । धनगढी रंगशालामा भएको पहिलो  … Read more

फारवेष्ट पशुपति कप सुरु

धनगढी । फारवेष्ट पशुपति कपको चौथो संस्करण आईतबारदेखि धनगढीमा सुरु भएको छ । प्रतियोगिता आगामी १४ गतेसम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगिताको उद्घाटन खेलमा जित हात पार्दै नवो बुद्ध युवा क्लब धनगढीले विजयी सुरुवात गरेको छ । धनगढी रंगशालामा भएको खेलमा नवो बुद्धले गौरीगंगा नगरपालिको मसुरीया फुटबल एकेडेमीलाई २–१ ले किनारा लगाएको हो ।  … Read more

आजदेखि फारवेष्ट पशुपति कप

धनगढी । धनगढीमा आजदेखि चौथो फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिता शुरु हुँदैछ । फारवेष्ट पशुपति युवा क्लवको आयोजनामा शुरु हुने प्रतियोगिताको सबै तयारी पुरा भएको जनाइउको छ । प्रतियोगिता आगामी १६ गतेसम्म सञ्चालन हुने छ । सात लाख रुपैयाँ पुरस्कार राशिको फारवेस्ट पशुपति कप प्रतियोगितामा १६ टिमको सहभागिता रहने जनाइएको छ । प्रतियोगिताका सबै खेल  … Read more

मदरल्याण्ड युथ कप–२०७५ : सुदूरपश्चिम–११ च्याम्पियन

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८, जोनापुरमा जारी मदरल्याण्ड युथ कप २०७५ फुटवल प्रतियोगिताको उपाधि सुदूरपश्चिम–११ स्पोर्टस क्लवले जितेको छ । शनिबार भएको फाईनल खेलमा सुदूरपश्चिम–११ ले मदरल्याण्ड युथ क्लवलाई एकका विरुद्ध तीन गोल अन्तरले पराजित गर्दै उपाधि जित्यो । जीतसँगै सुदूरपश्चिम–११ ले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । उपविजेता बनेको मदरल्याण्डले  … Read more

कवड्डी प्रतियोगिता शुरु

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ स्थित ठेकराज माध्यमिक विद्यालयको आयोजनामा शुक्रबारदेखि अन्तरमावि कवड्डी प्रतियोगिता शुरु भएको छ । यो प्रतियोगिताको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले एक संक्षिप्त कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा आठ विद्यालयको सहभागिता रहेको छ । सो अवसरमा नगर प्रमुख वडले उपमहानगरपालिकाका सबै वडामा खेल मैदान निर्माणका लागि बजेट विनियोजन भइसकेको  … Read more

गाउँपालिका स्तरीय कराँते प्रतियोगिता शुरु

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा शुक्रबारदेखि गाउँपालिका स्तरीय कराँते प्रतियोगिता शुरु भएको छ । बर्दगोरिया कराँते डोजो क्लवको आयोजनामा सो प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको वडा नम्बर १ का अध्यक्ष जयरूप खतिवडाले उद्घाटन गरे । उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष रामचन्द्र कठरियाको अध्यक्षतामा भएको थियो ।

मदरल्याण्ड युथ कप–२०७५ : उपाधिका लागि मदरल्याण्ड र सुप–११ बीच भिडन्त

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८, जोनापुरमा जारी मदरल्याण्ड युथ कप २०७५ को उपाधिका लागि आयोजक मदरल्याण्ड युवा क्लव र सुदूरपश्चिम–११ बीच भिडन्त हुने भएको छ । बिहीबार भएका सेमिफाईनल खेलमा विजयी हुँदै मदरल्याण्ड र सुदूरपश्चिम–११ ले फाइनलको यात्रा तय गरेका हुन् । उपाधिका लागि पर्सी (शनिबार) फाइनल खेल हुने भएको छ ।  … Read more