Category: खेलकुद


लिटिल फ्लावर लीग क्रिकेट हुने

धनगढी । कैलालीको धनगढीमा विद्यालय स्तरीय लिटिल फ्लावर स्कुल प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । सो स्कुलको आयोजनामा भोलि बुधवारदेखि प्रतियोगिता सञ्चालन हुने सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा कैलालीका तीन सामुदायिक, ११ संस्थागत विद्यालय सहित १४ र कञ्चनपुरको बेलौरीका दुई संस्थागत विद्यालय समेत १६ टिमको सहभागिता रहने स्कुलका प्रिन्सिपल  … Read more

आऊदो वर्ष पुरस्कार राशि दोब्बर गरिने

धनगढी । धनगढीमा शनिवार समापन भएको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको आऊदो वर्ष पुरस्कार राशि दोब्बर गरिने घोषणा गरिएको छ । सुदूरपश्चिम—११ स्पोर्ट्स क्लबको आयोजनामा गत २१ गतेबाट धनगढीमा सञ्चालन भएको प्रथम आमन्त्रण भागेश्वर ग्रुप सुदुरपश्चिम खप्तड गोल्डकपमा नेपाल, भारत र भुटानका गरी १२ टिमको सहभागिता रहेको थियो । भव्य ढङ्गले सञ्चालन भएको प्रतियोगितालाई अझैं व्यापक  … Read more

सुदूरपश्चिम खप्तड गोल्डकप:  मनाङमस्र्याङ्दीको उत्कृष्ट खेल प्रदर्शन

धनगढी  ।  ‘ए’ डिभिजन क्लब मनाङमस्र्याङ्दीले पुन: उत्कृष्ट खेल प्रदर्शन गर्दै धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको मङ्गलवारको खेल जितेको छ । यससंगै मनाङमस्र्याङ्दी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी क्षेत्रीय रङ्गशालामा भएको क्वाटरफाइनल खेलमा भुटानको डुकस्टार फुटबल क्लबलाई २–० ले हराउँदै मनाङमस्र्याङ्दीले अन्तिम चारमा स्थान पक्का गरेको छ । मनाङमस्र्याङ्दी बाइ पाएर क्वाटरफाइनलमा  … Read more

खप्तड गोल्डकप : दिल्ली युनाईटेड पुग्यो सेमिफाईनलमा

धनगढी  ।  निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा पोखराको सहारा क्लबलाई हराउँदै भारतको दिल्ली युनाइटेड सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनमा पुगेको छ । धनगढी क्षेत्रीय रङ्गशालामा सोमबार भएको पहिलो खेलमा सहारालाई दुईका विरुद्ध तीन गोलले पराजित गरेपछि दिल्ली युनाइटेडको सेमिफाइनलको यात्रा तय भएको हो । सोमबार नै भएको अर्को खेलमा काठमाडौँको संकटा क्लबले जगदम्बा लुम्बिनीलाई २–१ ले  … Read more

सुदूरपश्चिम खप्तड गोल्डकप : सुदूरपश्चिम–११ सेमिफाइनलमा

धनगढी  ।  म्यान अफ दि म्याच मणिराम चौधरीको ह्याट्रिकसहित सुदूरपश्चिम–११ स्पोर्ट्स क्लव धनगढीमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित भागेश्वर सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगितामा सेमिफइनलमा प्रवेश गरेको छ । धनगढी क्षेत्रीय रंगशालामा स्थानीय दर्शकहरूको भारी समर्थनसहितको हुटिङबीच जबरजस्त खेल प्रदर्शन गर्दै सुदूरपश्चिम–११ ले भारतको पञ्जाब–११ क्लवलाई ५–० ले पाखा लगाएको छ । सुदूरपश्चिम–११ क्लव प्रतियोगिताको आयोजक पनि  … Read more

सुदूरपश्चिम खप्तड गोल्डकप: दिल्ली युनाईटेड विजयी

धनगढी  । धनगढीमा जारी भागेश्वर ग्रुप सुदूरपश्चिम खप्तड गोल्डकपको शनिबार भएको खेलमा भारतको दिल्ली युनाईटेड विजयी हुँदै क्वाटरफाइनलमा पुगेको छ । पेनाल्टी सुटआउटमा काठमाडौं व्वाइज युनियनलाई ४–२ ले हराउँदै दिल्ली युनाइटेड अन्तिम आठमा प्रवेश गरेको छ । धनगढी क्षेत्रीय रंगशालामा भएको रोमाञ्चक र निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टीम १–१ को स्कोरमा रहेपछि पेनाल्टी  … Read more

खप्तड गोल्डकप: भुटानको डकस्टार विजयी

धनगढी  ।  क्यान्चो तोवगेको ह्याट्रिकसंगै भुटानको डकस्टार फुटबल क्लबले वेष्ट काठमाडौँलाई ४–१ ले पराजित गरेको छ । जीतसंगै डकस्टार धनगढीमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित भागेश्वर गु्रप सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । धनगढी क्षेत्रीय रङ्गशालामा शुक्रवार भएको खेलमा डकस्टारले खेलको अन्त्यतिर नाटकीय ढङ्गले खेल आफ्नो पक्षमा पारेको थियो । क्यान्चोले  … Read more

डीपीएलका लागि छ टीम, अनर र कप्तान घोषणा

धनगढी  ।  सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) का लागि बिहीबार टिम, अनर र कप्तान घोषणा भएका छन् । बिहीबार काठमाडौँमा डिपिएलका लागि छनोट भएका टिम, अनर (मालिक) र कप्तानको घोषणा गरियो । डिपिएलमा देशभरिका विभिन्न छ सहरबाट टिम छनोट गरिएका छन् । सबै टिमका कप्तान नेपाली क्रिकेटको राष्ट्रिय टोलीका कप्तान वा सदस्य रहेका खेलाडी  … Read more

भागेश्वर खप्तड गोल्डकप फुटबल सुरु

धनगढी  ।  धनगढीमा बिहीबारदेखि प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित भागेश्वर खप्तड गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । धनगढी क्षेत्रीय रङ्गशालामा सुरु भएको प्रतियोगिताको एक समारोहबीच सांसद पुष्करनाथ ओझाले उद्घाटन गरे । उद्घाटन समारोह आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको थियो । सो अवसरमा एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका  … Read more

खप्तड गोल्डको तयारी पूरा

धनगढी  ।  कैलालीको धनगढी रंगशालामा पुस २१ गतेदेखि हुने प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित भागेश्वर ग्रुप सुदूरपश्चिम खप्तड गोल्डकप–२०७३ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । सुदूरपश्चिम–११ स्पोर्टस् क्लव धनगढीको आयोजनामा हुने प्रतियोगिताको विजेतालाई पाँच लाख तथा उपविजेतालाई दुई लाख ५१ हजार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार प्रदान गरिने बताइएको छ । बिहीबार धनगढीमा पत्रकार सम्मेलन  … Read more