Category: विचार/विश्‍लेषण


सम्पादकीय : समन्वय परिषद् बैठकको सन्देश

प्रदेश, संघ र स्थानीय सरकारबीच समन्वयको कमी रहेको चर्चा भइरहँदा सुदूरपश्चिम प्रदेश समन्वय परिषद्को पहिलो बैठक भएको छ । प्रदेशका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरू एवं सचिवहरू लगायतको सहभागितामा भएको समन्वय परिषद्को पहिलो बैठकले प्रदेशका प्रमुख सामाजिक चुनौति र समस्याको साझा पहलबाट समाधान गर्ने प्रतिवद्धता व्यक्त  … Read more

सम्पादकीय: ट्राफिक नियम पालनाको सवाल

हामीकहाँ ट्राफिक नियम पालनामा हुने गरेको लापरवाही सधैं चर्चामा रहने गरेको छ । दिनहुँजसो सवारी दुर्घटना दोहोरिरहँदा यसको सबैभन्दा अहम् पक्ष भनेको ट्राफिक नियमको कडाईका साथ पालनाको विषयमा सवाल उठ्नु स्वाभाविक पनि हो । अहिले दशैंतिहारको अवसर छ । यतिवेला सार्वजनिक यातायातको क्षेत्रमा स्वाभाविक रुपमा बढि चाप हुने गरेको छ । खासगरी केन्द्रीय राजधानी काठमाडौंबाट  … Read more

सम्पादकीय : नागरिक आवाज दबाउने दुस्प्रयास ?

फेरि एक पटक प्रेसमाथि आक्रमण भएको छ । प्रदेश सभाले प्रदेश सुदूरपश्चिमको राजधानी राख्ने स्थानका रूपमा पारित गरेको गोदावरीको तेघरी वातावरणीय दृष्टिकोणबाट अनुपयुक्त रहेको आसयका समाचार प्रकाशन तथा प्रसारण भइरहँदा अत्ताल्लिएका केही तत्त्वबाट बुधबार कान्तिपुर, नागरिक र अन्नपूर्ण पोष्ट पत्रिका अत्तरियामा जलाए । प्रदेशको राजधानी राख्ने तेघरी वनजंगल क्षेत्र मात्रै होइन्, महत्त्वपूर्ण जैविक मार्ग समेत  … Read more

सम्पादकीय: वातावरणीय पक्षबारे संवेदनशील बन

भरखरै नामाकरण भएको सुदूरपश्चिम प्रदेशले स्थायी राजधानी राख्ने स्थानबारे निर्णय गरे पनि अहिलेसम्म त्यो निर्णयमा आम सहमति जुट्न सकेको त छैन नै, निर्णय भएको स्थानबारे विभिन्न कोणबाट थुप्रै टिप्पणी आउने क्रम जारी छ । खासगरी अहिले राजधानी राख्ने स्थानबारे वातावरणीय दृष्टिकोणबाट गम्भीर र संवेदनशील कुराहरू सार्वजनिक भइरहेका छन् । प्रदेश सुदूरपश्चिमको स्थायी राजधानी राख्ने स्थान  … Read more

सम्पादकीय: चाडबाडमा यातायात व्यवस्थापनको सकस

हरेक वर्ष दशैतिहारमा आम यात्रीले सडक तथा हवाई यात्राका लागि निकै कष्ट भोग्नु पर्ने अवस्था यस वर्ष पनि दोहोरिने देखिएको छ । दशैंका लागि यात्रु बाहक बसको अग्रिम टिकट खुलेकोमा अहिले नै दशैंको सप्तमीदेखि नवमीसम्मको बुकिङ सकिएको यातायात समितिले बताइरहेका छन् । त्यस्तै, दशैं आउनु पन्ध्र दिन अघि नै हवाई कम्पनीहरुले टिकट बुकिङ सकिएको जनाएका  … Read more

सम्पादकीय: जनताको स्वाभाविक असहमति र विरोध

प्रदेश सभा सातले प्रदेशको स्थायी राजधानी गोदावरीको तेघरी र नाम सुदूरपश्चिम राख्ने प्रस्ताव दुई तिहाई बहुमतद्वारा पारित गर्नु अघि र पारित गरिसकेपछि धनगढीमा आन्दोलन चर्कियो । चार दिनदेखि बन्द रहेको धनगढी आइतबार साँझबाट खुलेको छ । प्रदेश सभाको निर्णयप्रति विरोध गरिरहेका आन्दोलनकारीहरूले आइतबार साँझदेखि बन्द कार्यक्रम फिर्ता लिएको घोषणा गरेर आम जनताको भावनाको सम्मान गरेका  … Read more

सुदूरपश्चिम प्रदेशकाे राजधानी र नामबारे फेसबुकमा प्रदेशवासीकाे अभिव्यक्त्ति

प्रदेशसभाले प्रदेशकाे राजधानी गाेदावरी नगरपालिका वडा २ र ४ मा ताेकेपछि सुदूरपिश्चम प्रदेशका बासिन्दाहरूले प्रदेशकाे नाम र राजधानी बारे सामाजिक सञ्जालमा स्वागत, विराेध तथा असन्तुष्टी पाेखेका छन् । हामीले उनीहरू मध्ये केहिकाे फेसबुककाे स्टाटस जस्ताको त्यस्तै प्रस्तुत गरेका छाैंः Sachchidananda Joshiप्रदेश नम्वर ७ को संसदमा कामरेड त्रिलोचन, कामरेड पूर्णा र कामरेड अर्चनाको मत डोटेली जनताको  … Read more

न्यायका नाममा अन्यायको भारी

बढी सम्वेदनशील विषयमा लेख्दैछु भन्ने थाहा छ । त्यसैले विषयको शुरूवात दुई फरक घटना विश्लेषणबाट गर्न उपयुक्त होला । एक, दुई महिना वितिसक्दा पनि महेन्द्रनगरमा एक किशोरीको बलात्कार पछि हत्या भएको घटनाको पटाक्षप हुन सकेको छैन । प्रहरीले हत्या अभियोगमा कैद भुक्तान गरी छुटेका एकजना व्यक्तिलाई दोषीको रूपमा उभ्याए तापनि उनी आन्दोलनको रापताप र मुख्य  … Read more

सम्पादकीय : उपेक्षित पूर्व लडाकुहरू

दश वर्षसम्म माओवादी युद्धमा भाग लिएर सेना समायोजनपछि सामान्य जीवन जिउने प्रयास गरिरहेका पूर्व लडाकुहरू अधिकांसले अहिले कसरी जीवन बिताइरहेका छन् भन्नेमा कमै चर्चा हुने गरेको छ । सेना समायोजनपछि अधिकांस लडाकुले स्वेच्छिक अवकास रोजेका थिए । सो वापत उनीहरूले राज्यबाट पाएको केही लाख रुपैयाँ प्राय: जग्गा तथा घर जोड्नमा नै खर्च भएको पाइन्छ ।  … Read more

सम्पादकीय: राजधानी र नाम बहुमतको खेल मात्रै हो र ?

प्रदेश सातको राजधानी र नाम निर्धारण गर्न गठित विशेष सुझाव समितिले प्रदेशको राजधानी गोदावरीको तेघरी र नाम सुदूरपश्चिम राख्ने सुझावसहित प्रदेश सभामा प्रतिवेदन पेस गरेपछि अहिले संसदभित्र र बाहिर स्वाभाविक रुपमा चर्को बहस शुरु भएको छ । प्रदेश सभामा दलहरुको गणितीय उपस्थितिले सुझाव समितिले प्रस्तुत गरेको राजधानी राख्ने स्थान र नाम सजिलै पारित हुने निश्चित  … Read more