Category: विचार/विश्‍लेषण


प्रदेश सरकारको एक वर्ष : काम कम, कुरा बढी

नेपालको संविधान २०७२ ले व्यवस्था गरेको संघीयता कार्यान्वयनको क्रममा भएको तीनै तहको निर्वाचन मार्फत निर्माण भएको संघ र प्रदेश सरकारको कार्याविधि एक वर्ष पुगेको छ र, सरकारको एक वर्र्षे कार्यकालको चौतर्फी समीक्षा भइरहेको छ । मुलतः प्रदेश सरकारले जनहितका काम कति गर्नसक्यो कति सकेन भनेर लोकतान्त्रिक राजनीतिक व्यवस्थामा चर्चापरिचर्चा हुनु स्वाभाविकै हो । यसै सन्दर्भमा  … Read more

सम्पादकीय: मुख्यमन्त्री कप व्यवस्थापनको सवाल

शुरुदेखि नै व्यवस्थापकीय कमजोरीको चर्चाबीच शुक्रबार धनगढीमा औपचारिक रुपमा उद्घाटन भएको प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिताप्रतिका तिखा टिप्पणीहरू अझैं पनि जारी छन् । प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा नै मुख्यमन्त्री कप आयोजनाको उल्लेख गरेको थियो । प्रदेशमा यस्ता कार्यक्रम÷प्रतियोगिताहरू सञ्चालन गरिनु आवश्यक पनि हुन्छ । तर, सरकार आफैं  … Read more

सीकेसँगको सहमति सच्याइयोस्

हामी देशलाई राजनीतिक स्थायित्व, शान्तिको मार्ग हुँदै समृद्धिको दिशातर्फ अगाडि बढाउन अग्रसर छौं। नेपाली जनताले त्यो उद्देश्यका लागि सशक्त बहुमतका साथ सरकारलार्ई आफ्नो समर्थन जनाएका छन्। हामीले विगतमा संविधान निर्माण गर्दा यो सिंगो राष्ट्रको स्वाधीनता, स्वतन्त्रता र नेपाली जनताका हक अधिकार सुनिश्चित हुने गरी नेपालको संविधान निर्माण गरेका छौं। यो नेपालको संविधानअन्तर्गत सबै जाति, समुदाय,  … Read more

सम्पादकीय– राजकाँडा : महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको सम्भावना

सूर्यादय दृश्यावलोकनका लागि सहज स्थानका लागि चिनिएको तर, विभिन्न कारणले अहिलेसम्म ओझेलमा परेको कैलालीको राजकाँडा केवलकार निर्माण प्रक्रियाको शुरुवातसँगै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको सम्भावना प्रबल भएको छ । जाल्पादेवी केवलकार कम्पनीले कर्णालीको चिसापानीदेखि राजकाँडा जोड्ने तीन किलोमिटर लामो केवलकार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकन लगायतका कार्य अघि बढाएको छ । यो करिब अढाई  … Read more

पृथकततावादको परित्याग : राष्ट्रिय सुरक्षा चुनौतिको समाधान

सरकारसँगको संझौतापश्चात् आशा, उत्साह र परिवर्तनकारी व्यवहारको अपेक्षा गरिरहेको सिंगो देशलाई आक्रोसित बनाउँदै डा. चन्द्रकान्त (सिके) राउतले आफ्नो उपस्थितिमा जनकपुरमा प्रदर्शन गरेको उत्ताउलो गतिविधिप्रति संसारको ध्यानाकर्षण भएको छ । तथाकथित ‘स्वतन्त्र मधेस’, हिन्दी भाषामा नाराबाजी, नेपालको एकता र अखण्डतासँग मजाक गर्ने हर्कतहरू कदापि क्षम्य छैनन् । यस्ता क्रियाकलाप तत्काल रोकेर राउत सहमतिको पक्षमा नउभिने र  … Read more

सम्पादकीयः किसानलाई प्रोत्साहन गर

अझै पनि जनसंख्याको दुई तिहाई बढी हिस्सा कृषि पेसामा नै निर्भर भए पनि आम किसानले राज्यबाट आवश्यक प्रोत्साहन तथा सहयोग पाउन नसकेको अर्को उदाहरण कैलालीको चुरे गाउँपालिकाको रम्तोला गाउँ बनेको छ । रम्तोला सुन्तला तथा सुन्तला जातको फलफूल उत्पादनको उर्बर स्थान हो । अरु स्थानमा प्रायः माघ महिनाभित्रै सुन्तलाको उत्पादनमा सकिने भए पनि रम्तोलामा भने  … Read more

सम्पादकीयः नारीप्रतिको सम्मान

हरेक वर्ष मनाइने अन्तर्राष्ट्रिय नारी दिवस यस वर्ष पनि विभिन्न रचनात्मक कार्यक्रमसहित देशभरी मनाइएको छ । महिला अधिकार र समानता, आत्मसम्मान र आत्मनिर्भरता, राज्यका हरेक तह तथा अवसरमा समान अवसर, घरभित्र र बाहीर सुरक्षा, कुनै पनि किसिमको भेदभाव तथा हिंसाको अन्त्य सहितका बहस तथा अन्तक्र्रियाबीच विभिन्न कार्यक्रम भए । ¥याली, पदयात्रा, अन्तक्र्रिया, सभा, सम्मान कार्यक्रम,  … Read more

सम्पादकीय: तस्करीको हब बन्दै

कैलालीमा पछिल्लो समयमा अवैध रुपमा सुन कारोबार, तस्करीका घटना दोहोरिएका छन् । बिहीबार मात्रै कैलालीको चिसापानीमा दुई किलोग्राम भन्दा बढी सुन तथा चा“दीका सामान सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि ठूलो परिमाणमा अवैध सुन बरामद भएको थियो । यी दुई घटनाले मात्रै पनि कैलालीमा पछिल्लो दिनमा सुनको अवैेध कारोबार तथा तस्करी जालो  … Read more

लोकप्रिय अर्थमन्त्रीको महाप्रस्थान

नेपाली जनताले आफ्नो अर्थमन्त्रीको सम्मान दिएका वरिष्ठ राजनीतिज्ञ भरतमोहन अधिकारीको ८३ बर्षको उमेरमा दुःखद अवशान भएको छ । पहिलो पुस्ताका राजनीतिकर्मी भरतमोहन अधिकारी २००७ सालपछि नेपाली राजनीतिमा संलग्न पहिलो राजनीतिक पुस्ताको प्रतिनिधि पात्र हुनुहुन्थ्यो । २००९ मा भारतीय कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेर उहाँ कम्युनिष्ट आन्दोलनमा आबद्ध हुनुभएको थियो । दोस्रो महाधिवेशनमा प्रतिनिधि र तेस्रो  … Read more

सम्पादकीय : छाडा पशुचौपाया नियन्त्रणको प्रयास

कैलालीका स्थानीय तहहरुका लागि एक प्रमुख चु्नौतिका रुपमा रहेको छाडा पशुचौपाया व्यवस्थापन प्रभावकारी बनाउन कडा ऐननियम बनाउने जमर्को गरिदै छ । कैलालीको धनगढी उपमहानगरपालिका तथा गोदावरी, गौरिगंगा, घोडाघोडी, लम्कीचुहा र टीकापुर नगरपालिका तथा बर्दगोरिया गाउ“पालिकाका लागि निकै चुनौतिपूर्ण रहेको छाडा पशुचौपाया नियन्त्रण तथा व्यवस्थापनका लागि पशुपालक किसानलाई समेत दण्डजरिवानाको व्यवस्थासहितको ऐन ल्याउन जिल्लाका सबै स्थानीय  … Read more