Category: समाचार


श्रीमानलाई स्थायी बन्ध्याकरण गर्न दिदैनन्, महिला

डोटी ।  डोटी बडीकेदारकी अनिता (नाम परिवर्तन) सोमबार बिहान आफ्ना श्रीमान्सँगै बडीकेदार गाउँपालिका-२ खड्यौली पुगिन् । उनी स्थायी बन्ध्याकरणका लागि त्यहाँ पुगेकी थिइन् । उनका श्रीमान्ले आफू स्थायी वन्ध्याकरण गर्ने जिद्धि गर्दै थिए । तर, अनिताका अगाडि उनको जिद्धि टिकेन । अनितालाई स्वास्थ्यकर्मीहरुले पनि सम्झाउन खोजे । तर, उनले सुनिनन् । अन्ततः आफ्नै मिनिल्याप गराइन्  … Read more

निर्मला हत्याकाण्ड : प्रमाण नष्ट गर्ने बर्खास्त एसपि अदालतमा हाजिर

कञ्चनपुर । निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । उनी मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका हुन् । यसअघि अदालतले विष्ट र डिएसपी अंगुर जीसीलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो । ‘दुई जनामध्ये विष्ट मात्र अदालतमा आउनु भएको छ,’ अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले  … Read more

जातीयताका कुराले बिखण्डन ल्याउँछः नेतृ देउवा

धनगढी । नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले जातीयता र क्षेत्रीयताका कुराले समाजमा बिखण्डन ल्याउने बताएकी छन् । सोमबार कैलारी गाउँपालिकाको बेलौरीमा आयोजना गरिएको कृयाशिल सदस्यता वितरण कार्यक्रममा बोल्दै नेतृ देउवाले समाजमा जातीयता क्षेत्रीयताका कुरा गर्नेहरु कमजोर मानसिकता भएकाहरु भएको अरोप लगाईन । नेपाली कांग्रेस सबै बर्ग, जाती, क्षेत्र र धर्म मान्नेहरुको हो नेतृ देउवाले भनिन्,  … Read more

होलीपर्वः सभ्य भएर खेल्नुस्, अन्यथा प्रहरीको फन्दामा पर्नुहोला !

धनगढी । होली, रंगहरूको पर्व । घरपरिवार, साथीसंगी, छरछिमेक, आफन्तजन, सबै मिलेर एकअर्कालाई रंग लगाएर खुसीयाली बाड्ने पर्व । रंगहरुको पर्व । रातो, हरियो, गुलाबी, निलो, पहेलो लगायतका रंग दलेर वर्षभरीका दुःखकष्ट बिर्सेर खुसीयाली मनाउने सांस्कृतिक पर्व हो, होली अर्थात् फागु पुर्णिमा । तर, पछिल्ला वर्षहरुमा होली पर्वमा उत्तिकै विकृति तथा उछृंखला थपिदै गएका छन् ।  … Read more

टीकापुर चौथो नगर सभा

टीकापुर । टीकापुर नगरपालिकाको चौथो नगर सभा सोमबार टीकापुरमा भएको छ । नगर सभाले चालू आर्थिक वर्षको बजेट संशोधन, ऐन संशोधन, समितिहरुको गठन र सार्वजनिक महत्वका प्रस्तावमा विधेयक ल्याउन विधेयक समितिमा पठाउने निर्णय गरेको छ । नगर सभा उद्घाटनमा नगर प्रमुख तपेन्द्रबहादुर रावलले छाउपडी कुप्रथा र बालविवाह विरुद्ध संकल्प प्रस्ताव पास गरेको तथा पहिलेदेखि नै कार्यरत  … Read more

टीकापुर घटनालाई राजनीतिक रुपमा सम्बोधन गर: भट्टराई

टीकापुर । नयाँशक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले आठ जना प्रहरी र एक बालकको ज्यान जाने गरी भएको टीकापुर घटनालाई राजनीतिक रुपमा नै सम्बोधन गर्न सरकारसंग आग्रह गरेका छन् । मुलुकमा विकसित घटना क्रमका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मलेनमा नयाँशक्ति पार्टी संयोजक डाक्टर भट्टराईले विगतमा भएका संघर्षहरुलाई राजनीतिक विद्रोहका रूपमा हेरिए  … Read more

कक्षा ८ को परीक्षा: प्रश्नपत्रको गोपनियतामा माथि शंका व्यक्त

धनगढी । धनगढी उपमहानगरपालिकाले पहिलो पटक सञ्चालन गरेको कक्षा ८ को बोर्ड परीक्षाका प्रश्नपत्रको गोपनियतामाथि प्रश्न उठेको छ । परीक्षा केन्द्र नै निर्धारण नगरी सञ्चालन गरिएका परीक्षाका लागि विद्यालयहरुले आफैं छापाखानाबाट प्रश्नपत्र लिन जानु परेपछि समग्र परीक्षाको गोपनीयता तथा विश्वसनीयतामाथि नै प्रश्न उठेको छ । पहिलो पटक स्थानीय तहबाट सञ्चालन गरिएको परीक्षा पर्याप्त तयारी विना गरिएको  … Read more

वि एण्ड ए अटोमोटिभ्स उद्घाटन

धनगढी । वि एण्ड ए अटोमोटिभ्सले धनगढीको चटकपुरबाट महिन्द्रा टु र थ्रि ह्वीलर्सको विक्री वितरण थालेको छ । कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र कैलाली उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष राजेश भण्डारीले सोमबार संयुक्त रुपमा वि एण्ड ए अटोमोटिभ्सको शो रुम उद्घाटन गरेका छन् । वि एण्ड ए अटोमोटिभ्सले महिन्द्राको मोटरसाइकल, स्कुटी र ईलेक्ट्रोनिक अटोरिक्सा  … Read more

सुदूरपश्चिम महोत्सवको आयव्यय सार्वजनिक

धनगढी । कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको आयव्यय सार्वजनिक गरेको छ । संघले सोमबार संघको सभाहल धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी यसपालिको महोत्सवमा ३५ लाख ६९ हजार आठ सय ७१ रुपैयाँ आम्दानी भएको जनाएको हो । संघका अध्यक्ष पुष्पराज कुँवरले एक करोड २३ लाख ६८ हजार नौ सय पाँच रुपैयाँ आम्दानी भएकोमा ८७ लाख  … Read more

सहकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम

टीकापुर । कैलालीको टीकापुरस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा आइतबार सहकारी संस्थाहरुबीच अन्तरक्रिया कार्यक्रम भएको छ । कास्की जिल्लाको पोखरा–८, सिर्जनाचोक स्थित पूर्व कर्मचारी बचत तथा ऋण सहकारीको सहकारी अवलोकन टोली र टीकापुर क्षेत्रका सहकारी संस्थाहरुबीचमा अन्तरक्रिया कार्यक्रम भएको थियो । जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष बद्रिप्रसाद भट्राईको अध्यक्षतामा भएको अन्तरक्रियामा पूर्व कर्मचारी  … Read more