Category: समाचार


बाल बिबाह सम्बन्धी सडक नाटक

सुखड । कैलालीको घोडाघोडी नगरपालिका ७ हरिनगर चोकमा जनचेतना मुलक सडक नाटक प्रर्दशन गरिएको छ । बाल बिबाह तथा बाल हानी न्युनिकरणको लागि जनचेतना मुलक सडक नाटक प्रर्दशन गीरएको हो । वडा बाल संरक्षण समितिको समन्वय, वर्ड भिजनको सहयोग र सामाजिक बिकासका लागि सचेत समाजको आयोजना जनचेतना मुलक सडक नाटक प्रर्दशन गरिएको थियोे । अहिलेसम्म वडा  … Read more

हात्तीपाइलेको औषधी सेवन गर्नेहरुको संख्यामा बृद्धि

बौनिया । कैलालीको बर्दगोरीया गाउँपालिकामा यस वर्ष हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्नेहरुको संख्यामा बृद्धि भएको छ । विगतका वर्षहरुमा महिला स्वास्थ्य स्वयंसेविका मार्फत ३ दिनसम्म अभियान चलाएर खुवाउने गरीएकोमा यस वर्ष स्वास्थ्यकर्मीहरुको निगरानीमा फगुन १५ गतेदेखि ३० गतेसम्म १५ दिन अभियान सञ्चालन गरिएपछि औषधि खानेको संख्या बढेको हो । जसमा दोदोधरा स्वास्थ्य चौकीले साविकको दोदोधरा  … Read more

काठ तस्करलाई जरिवाना

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ बुटकौवाको दानुवाफाटा सामुदायिक बन उपभोक्ता समितीले काठ तस्करीमा संलग्न चार जनालाई जरिवाना गरेको छ । बर्दगोरोया गाउँपालिका वडा नम्बर ५ विशालनगरका चन्द्र भुल, कालू भुल, बमबहादुर भुल र कृष्ण बिकलाई सुराकीले दिएको सूचनाको आधारमा सोमबार राति गोरुगाडा सहित पक्राउ गरेको थियो । उनीहरुसंग ३३ क्युफिटका चार वटा हरिया  … Read more

समिक्षा बैठक सम्पन्न

बौनिया । बर्दगोरीया गाउपालिकाको समन्वय तथा गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सञ्चालित सेवक नेपालको कार्यक्रमको समिक्षा तथा समन्वयात्मक बैठक मंगलबार बौनियामा भएको छ । गाउंपालिका उपाध्यक्ष भगवतीदेवी डंगौरा थारुले संस्थाको सो कार्यमा आफ्नो सहयोग रहेको बताइन् । सेवक नेपालले बर्दगोरीया गाउपालीकाका वडा नम्बर ४, ५ र ६ मा शिक्षा, स्वास्थ्य, लघु उद्यम कार्यक्रम सञ्चालन गरिरहेको  … Read more

उद्योग बाणिज्य संघको होली मिलन

धनगढी । कैलाली उद्योग बाणिज्य संघले मंगलबार धनगढीमा होली मिलन कार्यक्रम गरेको छ । मंगलबार संघको कार्यालयमा रंग खेलेर होली मनाएको हो । कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृप बहादुर वडले होली मिलन कार्यक्रमको आयोजना गरेकोमा धनन्यवाद दिए । उनले उद्योग बाणिज्य संघ व्यवसायिहरुको संगठन भएकाले व्यवसायिका हक हित देशको समृद्धि लागि लागि लाग्नु पर्ने बताए ।  … Read more

महिलाको अर्थपूर्ण सहभागिता आवश्यक छ : उपसभामुख

धनगढी । सुदूरपश्चिम प्रदेश सभाकी उपसभामुख निर्मला वडाल जोशीले समाज रुपान्तरण र परिवर्तनका लागि लागि हरेक ठाउंमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताएकी छन् । ग्रामिण विकास तथा अनुसन्धान केन्द्रले मंगलबार धनगढीमा आयोजना गरेको नेतृत्वमा रहेका महिला तथा सिमान्तकृत वर्गहरुको निर्णय प्रणालीमा सार्थक सहभागिता विषयक पैरवी कार्यक्रममा उपसभामुख जोशीले सामाजिक, आर्थिक रुपान्तरणका लाग पुरुष सरह  … Read more

वातारण संरक्षण विधेयक पारित, स्वराेजगार विधेयकमा छलफल

धनगढी । सुदूरपश्चिम प्रदेश सभाले वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेको छ । प्रदेश सभाको मंगलबारको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले पेस गरेको विधेयक सर्वसम्मतिबाट पारित भएको छ । अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफल गरेको प्रतिवेदनमाथि सोही बैठकमा छलफल भएको थियो । छलफलपछि प्रतिवेदनसहित पारित  … Read more

आलोचना सुधारका लागि हुनुपर्छ: मुख्यमन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुधारका लागि आलोचना आवश्यक रहेको बताएका छन् । “मिडियाबाट सुधारमा बल पु¥याउनका लागि आलोचना हुनु पर्छ, न कि ध्वस्त गर्नका लागि” मंगलबार धनगढीमा नेपाल अनलाइन पत्रकार संघको भेलाको उद्घाटन गर्दै भने– गलत कार्यको आलोचना गर्नुस्, तर सरकारका राम्रा र सकारात्मक कार्यलाई सकारात्मक ढंगले प्रस्तुत पनि गरिदिनुस् । मुख्यमन्त्री भट्टले  … Read more

अदालतले बर्खास्त एसपीको बयान लियो

कञ्चनपुर । जिल्ला अदालतले प्रमाण नष्ट गरेको अभियोगमा बर्खास्त गरिएका कञ्चनपुरका एसपी डिल्लीराज विष्टको बयान लिइएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको प्रमाण नष्ट गरेको र बेकसुरलाई यातना दिएको अभियोगमा वर्खास्त गरिएका पूर्व प्रहरी उपरीक्षक विष्ट अदालतले उपस्थितीका लागि ३५ दिने सुचना जारी गरेको १४ दिनमा अदालतमा उपस्थित भएपछि बयान लिएको  … Read more

प्रचण्डविरुद्ध अमेरिकामा उजुरी (उजुरी सहित)

काठमाडौ । पत्नी सीता दाहालको उपचारका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ अमेरिकामा विरुद्ध उजुरी परेको छ । केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा. तिलक श्रेष्ठले अध्यक्ष प्रचण्डविरुद्ध उजुरी गरेका हुन् । उनले बाल्टीमोरस्थित संघीय ब्युरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दर्ता गरेका हुन्  … Read more