Category: समाचार


फेरि मौसम बिग्रियो, चिसो बढ्यो

धनगढी । शुक्रवार भएको वर्षाका कारण कैलाली लगायत सुदूरपश्चिम क्षेत्रका विभिन्न स्थानमा चिसो बढेको छ । केही साताअघि पहाडी र हिमाली क्षेत्रमा भएको हिमपातका कारण कैलालीमा पनि निकै चिसो बढेकोमा केही दिन मौसममा सुधार आए पनि फेरि बिग्रिएको छ । शुक्रवार वर्षासंगै बझाङ, बाजुरा, डडेल्धुरा, दार्चुलामा फेरि हिमपात भएको त्यहाँबाट प्राप्त समाचारमा बताइएको छ । मौसम पूर्वानुमान  … Read more

दिगो शान्ति नै आर्थिक समुन्नतीको आधार : राष्ट्रपति

बौनिया । सेती लोकमार्ग निर्माण र बर्दगोरिया धार्मिक क्षेत्रमा पर्यटन विकासको लागि आयोजना गरिएको ‘सेती लोकमार्ग बर्दगोरिया धार्मिक पर्यटन महोत्सव—२०७३’ शुक्रवारबाट सुरु भएको छ । महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले टेलिफोन सन्देशमार्फत उद्घाटन गरिन् । शुक्रवार अचानक मौसम खराब भएका कारण राष्ट्रपति चढेको हेलिकोप्टर धनगढी आउन नसकेपछि टेलिफोन सन्देशमार्फत उद्घाटन गरिएको थियो । बौनिया बजार व्यवस्थापन समितिको आयोजना ‘सेती लोकमार्ग निर्माण  … Read more

खानेपानी आयोजना उद्घाटन

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १, शिवनगरमा निर्माण भएको खानेपानी आयोजनाको शुक्रवार विधिवत उद्घाटन भएको छ । आयोजनाको राष्ट्रपति विद्यादेवी भण्डारीले फोनसन्देशमार्फत उद्घाटन गरिन् । सो आयोजना दुई वर्षअघि नै निर्माण कार्य पूरा भएर पानी समेत वितरण भइसकेको छ । सो आयोजनाको २०६८ सालबाट निर्माण कार्य सुरु भएको थियो । खानेपानी आयोजनाका अध्यक्ष नारदमुनि रानाका  … Read more

शहरी क्षेत्रमै पनि छाउपडी प्रथा कायमै

कैलाली । महिलाका लागि अभिशाप मानिएको छाउपडी प्रथा अन्त्यका लागि व्यापक प्रयास भइरहँदा पनि ग्रामीण क्षेत्रमा मात्रै होइन, शहरी क्षेत्रमै पनि यसले निरन्तरता पाइरहेको छ । सुदूरपश्चिमका अछाम, डोटी, बाजुरा, बझाङ लगायतका पहाडी र अपेक्षाकृत रूपमा अविकशित जिल्लामा मात्रै होइन, तीव्र गतिमा शहरीकरण भइरहेको कैलालीको भजनीत्रिशक्ति नगरपालिकामा पनि छाउपडी प्रथाले निरन्तरता पाइरहेको छ । भजनी–त्रिशक्ति नगरपालिका—३, पगियापसार गाउँमा हाल  … Read more

बर्दगोरिया महोत्सवको चौथो वर्ष : आजदेखि सेती लोकमार्ग बर्दगोरिया महोत्सव

बौनिया  ।  सेती लोकमार्ग निर्माण र बर्दगोरिया धार्मिक क्षेत्रमा पर्यटन विकासको लागि आयोजना गरिएको ‘सेती लोकमार्ग बर्दगोरिया धार्मिक पर्यटन महोत्सव—२०७३’ आज (शुक्रवार) देखि सुरु हुँदैछ । ‘सेती लोकमार्ग निर्माण कृषि, शिक्षा उद्योग र व्यापार, बर्दगोरिया धार्मिक क्षेत्र विकास पर्यटनको मूल आधार’ भन्ने नारासहित चौथो पटक आयोजना गरिएको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक बैनिया बजार  … Read more

धार्मिक स्थल बर्दगोरियाको संरक्षण र संवद्र्धनमा ध्यान देऊ

बौनिया । कैलालीको दोदोधरा, कुम्भियामा बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवको चौथो शृंखला आज (शुक्रवार) बाट सुरु हुँदैछ । ‘सेती लोकमार्ग निर्माण, कृषि, शिक्षा, उद्योग र व्यापार, बौनिया बर्दगोरिया धार्मिक क्षेत्र विकासको आधार’ भन्ने नाराका साथ भइरहेको महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहबीच उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । बौनियास्थित बसन्तमुरारी उच्च माध्यामिक विद्यालयको खेल मैदानमा सञ्चालित महोत्सवको उद्घाटनसँगै  … Read more

टीकापुर महोत्सव सुरु

विमानस्थल र भन्सार कार्यालय स्तरोन्नती हुन्छ : उपप्रम महरा टीकापुर । टीकापुर महोत्सव—२०७३ बिहीबारबाट सुरु भएको छ । महोत्सवको एक भव्य कार्यक्रमबिच उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरे । सो अवसरमा उपप्रधानमन्त्री महराले चालू आर्थिक वर्षभित्रै टीकापुर विमानस्थल र सत्ती भन्सार कार्यालयको स्तरोन्नती कार्य पूरा गरिने बताए । उनले टीकापुर र रोल्पाको बड्डाचौर विमानस्थलको स्तरोन्नती कार्य सुरु गर्न पर्यटन  … Read more

कुष्ठरोग निवारण अझैं हुनसकेन

धनगढी । कैलालीमा पछिल्ला वर्षहरूमा कुष्ठरोगीको सङ्ख्या कमी हुँदै गए पनि निर्मुल भने हुन सकेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका अनुसार जिल्लामा बिरामीको सङ्ख्या घट्दै गएको छ । कार्यालयले बिहीबार धनगढीमा आयोजना गरेको सञ्चारकर्मीसंगको अन्तक्र्रियामा सहायक कुष्ठरोग सुपरभाइजर दीपेन्द्र जोशीले कैलालीमा चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म ४७ जना नयाँ कुष्ठरोगी फेला परेका बताए । उनका अनुसार  … Read more

बालकद्वारा विद्यार्थीलाई सहयोग

धनगढी ।  धनगढीस्थित ऐश्वर्य विद्या निकेतनमा कक्षा ५ का छात्र मिनेन्द्र यादवले तारानगरमा रहेको आमाको माया छात्रवासका २५ जना विद्यार्थीलाई सहयोग गरेका छन् । आफ्नो विद्यालयको विज्ञान प्रदर्शनीमा द्वितीय भएर प्राप्त गरेको तीन हजार रुपैयाू पुरस्कारमा रकम थप गरेर उनले छात्रावासका २५ जना विद्यार्थीलाई स्वीटर र टोपी प्रदान गरे । उनले पुरस्कार रकममा हजुरआमा र आमाबुवाले  … Read more

स्थानीय निकाय कार्यालयमा सिसिटिभी जडान हुँदै

धनगढी । जिल्ला विकास समितिको कार्यालय कैलालीले आफ्नो कार्यालयमा सिसिटिभी जडान गरेको छ । कर्मचारीको काम र कर्तव्यलाई मर्यादित बनाउन कार्यालयले सबै कार्यकक्षमा सिसिटिभी जडान गरेको जनाएके छ । यसै गरी धनगढी उपमहानगरपालिका कार्यालयले पनि आफ्नो कार्यालय भवनमा सिसिटिभी जडान गरेको छ । उपमहानगरपालिका कार्यालयको सेवा प्रवाहमा सुधारका लागि सिसिटिभी जडान गरेको जनाएको छ । सरकारले जारी  … Read more