Category: समाचार


श्रीमतीको हत्यापछि आत्महत्या

टीकापुर । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ७ मा एकजनाले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । जानकी गाउँपालिका वडा नम्बर ७ का ३५ वर्षीय प्रेमलाल चौधरीले आफ्नी श्रीमती रमा चौधरीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको बताइएको छ । उनले आइतबार बिहान साढे ६ बजेतिर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको  … Read more

गोदावरीमा राजधानी अनुपयुक्त– नेतृ आरजु

धनगढी । नेपाली काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा बनाउनु अनुपयुक्त भएको बताएकी छन् । “प्रदेश सरकारले बहुमतको दम्भ देखाउँदै प्रदेशको राजधानी गोदावरीमा तोकेको छ । तर, त्यहाँ राजधानी तोक्नुको प्रदेश सरकारसँग कुनै स्पष्ट तर्क छैन” आइतबार धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै नेतृ राणाले भनिन्– “नेपाली काँग्रेस नेतृत्वको पूर्ववर्ति सरकारले धनगढीमा अस्थायी  … Read more

जेष्ठ नागरिकहरूलाई कम्बल वितरण

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा आइतबार जेष्ठ नागरिकहरूलाई कम्बल वितरण गरिएको छ । आइतबार एक कार्यक्रमबीच वडा नम्बर ३ का वडाध्यक्ष करने सुनारले एक सय ३५ जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरे । वडाध्यक्ष सुनारले वडापालिकाको दुई लाख ५० हजार रुपैयाँको बजेटबाट सो कम्बल वितरण गरिएको बताए ।

आर्थिक प्रशासन र खरिद सम्बन्धि तालिम सुरु

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका, बौनियामा आइतबारदेखि सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक र लेखापालहरूका लागि आर्थिक प्रशासन तथा खरिद सम्बन्धी तालिम शुरु भएको छ । बर्दगोरिया गाउँपालिका शिक्षा शाखाको आयोजनामा सञ्चालित तालिम तीन दिनसम्म चल्ने जनाइएको छ । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बलिराम चौधरीले विद्यालयको आर्थिक प्रशासन व्यवस्थित र पारदर्शी गर्नुका साथै क्षमता अभिवृद्धिमा तालिमले  … Read more

सुन्दरनगर टोल विकास समिति गठन

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थित सुन्दरनगर टोल विकास समिति गठन भएको छ । शनिबार भएको टोल भेलाले चेतबहादुर थापाको अध्यक्षतामा नौ सदस्यीय टोल विकास समिति चयन गरेको जनाइएको छ ।समितिको उपाध्यक्षमा सिन्धु शर्मा (भट्ट), सचिवमा मिनबहादुर धामी, सहसचिवमा रिसु चौधरी र कोषाध्यक्षमा देविका थापा रहेका छन् । भने, सदस्यमा नन्दा थापा, निर्मला  … Read more

महासंघद्वारा गौरक्षका लागि अपिल

धनगढी । विश्व हिन्दू महासंघ नेपाल, कैलालीले गौ रक्षाका लागि सबैमा अपिल गरेको छ । समितिले शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी छाडा रूपमा छोडिएका गाईको संरक्षण र व्यवस्थापनका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेको छ । विश्व हिन्दू महासंघ सुदूरपश्चिम प्रदेश संयोजक राजप्रसाद जोशीले हिन्दू धर्मावलम्बीमा जन्मेदेखि मृत्यु हुँदासम्म गाईको आवश्यकता पर्ने भए पनि अहिले  … Read more

सुरक्षा गार्डहरूको माग– बिनाकारण हटाउन पाइदैन

धनगढी । कैलालीमा विभिन्न बैंकहरूमा कार्यरत सुरक्षा गार्डहरूले बिना कारण आफूहरूलाई जागिरबाट नहटाउन माग गरेका छन् । शनिबार धनगढीमा भएको सुरक्षा गार्डहरूको एक भेलाले बिना कारण जागिरबाट नहटाउन तथा नयां श्रम ऐनअनुसारको सेवासुविधा प्रदान गर्नुपर्ने माग गरियो । धनगढीस्थित एनआईसी एसिया बैंकबाट नौ जना र ग्लोबल आइएमई बैंकका एक जनालाई जागिरबाट हटाएपछि सुरक्षा गार्डहरूको भेला  … Read more

काँग्रेसको वृहत प्रशिक्षण कार्यक्रम शुरु

धनगढी । नेपाली काँग्रेस कैलालीको आयोजनामा शनिबारदेखि धनगढीमा वृहत प्रशिक्षण कार्यक्रम शुरु भएको छ । वुहत प्रशिक्षण कार्यक्रम भोलि (आइतबार) सम्म सञ्चालन हुने जनाइएको छ । प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसबाट गत स्थानीय तहमा निर्वाचित तथा पराजित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षदेखि सदस्यका उम्मेदवार, प्रदेश र प्रतिनिधि सभामा विजयी तथा पराजित उम्मेदवारहरू, साविकका गाउँ, नगर तथा  … Read more

पत्रकारद्वयमाथि भएको दुव्र्यवहार प्रकरण : काँग्रेस संसदीय दलद्वारा चासो व्यक्त

धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको कार्यालयले धनगढीका पत्रकारद्वय जनक विष्ट र पदम भट्टमाथि प्रदेशका प्रमुख सचिवद्वारा भएको दुव्र्यवहारको घटनाबारे चासो व्यक्त गरेको छ । का“ग्रेस प्रदेश संसदीय दलले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा लिखित रूपमा सूचना माग्न गएका कैलालीका पत्रकारद्वय विष्ट र भट्टमाथि प्रमुख  … Read more

मजगाउँमा थारू संग्रहालय बनाउँछौं– नगरप्रमुख साउँद

धनगढी । गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउँदले मजगाउँमा थारू संग्रहालय बनाउने प्रतिबद्धता जनाएका छन् । गोदावरी नगरपालिका वडा नम्बर ८, मजगाउँमा शनिबारदेखि शुरु भएको माघ महोत्सवको उद्घाटन समारोहमा नगर प्रमुख साउँदले थारू समुदायको मौलिक संस्कृति, भेषभूषा, पहिरन, परिकार आदिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले संग्रहालय निर्माण गरिने बताए । उनले मजगाउँको थारू संग्रहालयबाट आन्तरिक तथा  … Read more