Category: समाचार


वि एण्ड ए अटोमोटिभ्स उद्घाटन

धनगढी । वि एण्ड ए अटोमोटिभ्सले धनगढीको चटकपुरबाट महिन्द्रा टु र थ्रि ह्वीलर्सको विक्री वितरण थालेको छ । कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र कैलाली उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष राजेश भण्डारीले सोमबार संयुक्त रुपमा वि एण्ड ए अटोमोटिभ्सको शो रुम उद्घाटन गरेका छन् । वि एण्ड ए अटोमोटिभ्सले महिन्द्राको मोटरसाइकल, स्कुटी र ईलेक्ट्रोनिक अटोरिक्सा  … Read more

सुदूरपश्चिम महोत्सवको आयव्यय सार्वजनिक

धनगढी । कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको आयव्यय सार्वजनिक गरेको छ । संघले सोमबार संघको सभाहल धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी यसपालिको महोत्सवमा ३५ लाख ६९ हजार आठ सय ७१ रुपैयाँ आम्दानी भएको जनाएको हो । संघका अध्यक्ष पुष्पराज कुँवरले एक करोड २३ लाख ६८ हजार नौ सय पाँच रुपैयाँ आम्दानी भएकोमा ८७ लाख  … Read more

सहकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम

टीकापुर । कैलालीको टीकापुरस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा आइतबार सहकारी संस्थाहरुबीच अन्तरक्रिया कार्यक्रम भएको छ । कास्की जिल्लाको पोखरा–८, सिर्जनाचोक स्थित पूर्व कर्मचारी बचत तथा ऋण सहकारीको सहकारी अवलोकन टोली र टीकापुर क्षेत्रका सहकारी संस्थाहरुबीचमा अन्तरक्रिया कार्यक्रम भएको थियो । जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष बद्रिप्रसाद भट्राईको अध्यक्षतामा भएको अन्तरक्रियामा पूर्व कर्मचारी  … Read more

सरकार भ्रष्टाचारतर्फ लम्कदै: नेतृ आरजु

धनगढी । नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले बर्तमान सरकार भ्रष्टाचारतर्फ लम्कदै गरेका आरोप लगाएकी छिन् । आईतबार धनगढी उपमहानरपालिका वडा नम्बर ११ र १३ मा का“ग्रेस कार्यकर्तालाई कृयाशिल सदस्यता बितरण गर्दै उनले नेकपा नेतृत्वको वर्तमान सरकार कार्यकर्तामुखी मात्र भएको आरोप लगाइन् । उनले सुदूरपश्चिम प्रदेश सरकारले पनि मुख्यमन्त्री कपको बहानामा कार्यकर्तालाई रकम बाड्दै सरकारको  … Read more

संघले सबै अधिकार लिन खोज्यो : जनप्रतिनिधिहरु

धनगढी । सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिहरुले संघीय सरकारले सबै अधिकार आफै लिन खोजेको गुनासो दोहोराएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तहगत राज्य संरचनाको विकासमा समन्वय बिषयमा आइतबार धनगढीमा आयोजना गरेको अन्तरक्रया कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार समेत प्रत्यायोजन नगरेको गुनासो गरे । राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालको उपस्थितिमा  … Read more

बर्दियामा थरुहट भेला हुँदै

धनगढी । थरुहट प्रदेशको माग गर्दै आएको थरुहट/थारुवान संघर्ष समितिले बर्दियामा राष्ट्रिय भेलाको तयारी थालेको छ । संघर्ष समिति र थारु कल्याणकारिणी सभा (थाकस) ले चैत १६ गते बर्दियामा हुने थरुहट आन्दोलन, नेतृत्व र अबको बाटो विषयक राष्ट्रिय भेलाको तयारी थालेको जनाएको छ । २०७२ भदौ ७ गते टीकापुर घटना घटेपछि उठ्न नसेकेको थरुहट आन्दोलनबारे रणनैतिक  … Read more

मुख्यमन्त्री कपः आयोजक सुदुरपश्चिम च्याम्पीयन (फाेटाे फिचरसहित)

धनगढी । मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगितामा आयोजक सुदुरपश्चिम प्रदेश च्याम्पीयन भएको छ । ७ स्वर्ण ७ रजत र १० कास्य पदकमा तीन स्वर्ण जित्दै सुदुरपश्चिमले पहिलो स्थान हासिल गरेको हो । आयोजक सुपले तीन स्वर्ण एक रजत र ३ कास्य सहित ७ पदक पाएको हो । यसैगरी प्रदेश नम्बर १ दोस्रो भएको छ  … Read more

हत्या गरी फालिएको अवस्थामा लाश फेला

धनगढी । गोदावरी नगरपालिका–४, खैराना जाने बाटोमा शनिबार विहान एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरीका कार्यालय कैलालीका अनुसार मालाखेती प्रहरीले सूचना पाएपछि पुर्वपश्चिम राजमार्गबाट खैराना जाने बाटोमा अन्दाजी ४०÷४५ वर्षका व्यक्तिको शव फेला पारेको हो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा लास फेला परेको स्थान भन्दाभित्रि सडकमा मृतकको टाउकोमा ढुङगाले प्रहार गरी हत्या गरी  … Read more

साथी दौतरी शिक्षा सचेतीकरण तालीम सम्पन्न

धनगढी ।  अभिभावकहरुका लागि साथी/दौतरी शिक्षा सम्वन्धि तालीम शुक्रवार धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । अभिभावकलाई घरमा बाबालिकाको पढाईको वातावरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत सो तालीम दिइएको हो । नियमित विद्यालय भ्रमण गरी आप्mना बालबालिकाको सिकाई उपलब्धि जानकारी हासिल गर्न, शिक्षकले विद्यार्थी केन्द्रित शिक्षण सिकाइलाई प्रवद्र्धन गर्ने, संस्कृति  … Read more

मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता (भिडियो सहित)

धनगढी । मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत विभिन्न खेलहरु धनगढीका विभिन्न खेल मैदानमा जारी रहेका छन् । फुटबल र क्रिकेटका खेलहरु तीन दिनदेखि भईरहँदा आजदेखि व्याटमिन्टन र भलिबलका खेलहरु पनि सुरु भएका छन् । महिला क्रिकेटमा सुदुरपश्चिम फाईनलमा संघीय प्रहरी कार्यालयको खेल मैदानमा भईरहेका महिला क्रिकेट अन्तर्गतको आज भएको खेल जित्दै सुदुरपश्चिम फाईनल  … Read more