Category: फोटोहरु


मुख्यमन्त्री कपः आयोजक सुदुरपश्चिम च्याम्पीयन (फाेटाे फिचरसहित)

धनगढी । मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगितामा आयोजक सुदुरपश्चिम प्रदेश च्याम्पीयन भएको छ । ७ स्वर्ण ७ रजत र १० कास्य पदकमा तीन स्वर्ण जित्दै सुदुरपश्चिमले पहिलो स्थान हासिल गरेको हो । आयोजक सुपले तीन स्वर्ण एक रजत र ३ कास्य सहित ७ पदक पाएको हो । यसैगरी प्रदेश नम्बर १ दोस्रो भएको छ  … Read more

खेलकुदलाई मौलिक हकको रूपमा स्वीकार्नु पर्छ : सभामुख महारा (फोटो फिचरसहित)

धनगढी । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महाराले खेलकुदलाई मौलिक हकको रूपमा स्वीकार्नु पर्ने बताएका छन् ।सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा आयोजना गरेको प्रथम मुख्य मन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता उद्घाटन कार्याक्रममा सभामुख महराले खेलकुदलाई मनोञ्जनको साधनको रूपमा मात्रै लिन नहुने बताएका हुन् । शुक्रबार उनले पछिल्लो समयमा खेलकुद स्वास्थ्य र शिक्षासँग पनि सम्बन्धित रहेको बताए  … Read more

प्रधानमन्त्री ओली सुदूरपश्चिममा (फाेटो फिचर र भिडियो सहित)

धनगढी । प्रधानमन्त्री केपी शर्माओली मंगलबार सुदूरपश्चिम आएका छन् । दुई वटा सरकारी परियोजना उद्घाटन, प्रदेश सभा सम्बोधन र पार्टी प्रदेश भेलाका लागि प्रधानमन्त्री ओली दिउँसो पौने तीन बजेको श्रीएयरलाईन्सको फ्लाइटबाट आएका हुन् । प्रधानमन्त्री ओलीलाई प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, सभासद्हरु, स्थानीय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुले एयर पोर्टमा स्वागत गरेका थिए । भाैतिक पुर्वाधार तथा यातायात  … Read more

सुदूरपश्चिम महाेत्सवमा बढ्याे क्राउड (भिडियाे र फोटाे फिचर)

धनगढी । कैलाली उद्योग वाणिज्य संघ कैलालीले धनगढीमा अायाेजना गरेको सुदूरपश्चिम महाेत्सवमा शनिबार दर्घकहरूको क्राउड बढेको हाे । महाेत्सवकाे छैठाैं  दिन महाेत्सव अवलाेकन गर्ने दर्शकहरू बढेका हुन् । दर्शक बढेपछि महाेत्सवमा व्यापार पनि बढेको छ । मेला हेर्न अाएका दर्शकहरूले महाेत्सवमा किनमेल र रमाइलाे गर्नमा बेस्त छन् । महाेत्सवमा शनिबार गायक जाेडी रामचन्द्र काफ्ले र  … Read more

सुदूरपश्चिम महोत्सवमा हस्तकला

धनगढी । कैलाली उद्याेग वाणिज्य संघले धनगढीमा अायाेजना गरेकाे सुदूरपश्चिम महाेत्सवमा स्थानीय हस्तकलाका सामाग्रीहरूले पनि ठाउँ पाएकाे छ । नेपाली थान्का कपडाकाे विभिन्न प्रकारका हाते झाेला, रूमाल, बेटबाँसका फर्निचर, बाइबरका खेलाैनाले स्थान पाएका हुन् ।

धनगढीमा जारी सुदूरपश्चिम महोत्सवका केहि झलकहरु

धनगढी । धनगढीमा जारी सुदूरपिश्चम महाेत्सवमा स्थानीय उत्पादनहरूले बजार पाएका छन् । डडेल्धुराकाे माैसमी, साना उद्याेगहरूले उत्पादन गरेकाे अचार, नमकिन दर्शकहरूको राेजार्इमा परेकाे छ । त्यसैगरी, रमाइलाे मेला बालबालिका र युवायुवतिहरूकाे रमाउने थलाे बनेको छ ।

सुदूरपश्चिम महोत्सव शुरु (भिडियाे र फोटाे फिचर)

धनगढी । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव शुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले फागुन २ गतेसम्म चल्ने सो महोत्सव उद्घाटन गरेका छन् । महोत्सव उद्घाटन कार्यक्रममा आयोजक संघले सात वटा माग राख्दै मुख्यमन्त्री भट्टलाई सात किलोको मालाले स्वागत गरेको छ । सरकारलाई माग पुरा गर्न दवाव दिन सात  … Read more

सडक निर्माणका नाममा चुरेमा अवैध रुपमा रुख कटानी

बाक्लो रुख भएका ठाउबाटै सडक ट्रयाक निकालिदै ट्रयाक निकाल्ने, स्थगित गर्ने र फेरि अर्को ठाउँबाट ट्रयाक निकाल्ने रुख काट्नकै लागि अग्नीरेखाको निर्माण अनुमति नलिएरै अन्धाधुन्ध रुपमा रुख काटिंदै सामुदायिक बनका पदाधिकारी र ठेकदारहरूबीच मिलेमतो धनगढी । कैलाली जिल्लाको पहाडी गाउँपालिका हो, चुरे । भौगोलिक रुपमा दुर्गम । अहिले त्यहाँ वडा तथा वस्तीहरु जोड्न धमाधम सडक काट्ने  … Read more

नदीमै क्रसर उद्योग

धनगढी । २०७५ साल माघ ७ गते । बिहान १० बजेतिर धनगढीबाट पत्रकारको एक टोली स्थलगत रिपोर्टिङका लागि गोदावरी नदी किनार पुग्यो । गोदावरी नगरपालिका वडा नम्बर २ महराटोलको गोदावरी नदी किनारमा एउटा घुम्ती क्रसर उद्योग थियो । गोदावरी नदीबाट उत्खनन् गरेर किनारमै ढुङ्गा बालुवा थुपारेर घुम्ती क्रसर उद्योग सञ्चालन गरिएको थियो । पत्रकारहरुको टोली पुग्दा  … Read more