Category: सुदूरपश्चिम प्रदेश


स्थायीत्वको लागि नीतिगत व्यवस्थाको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र

धनगढी । सुदूरपश्चिमका स्थानीय तहमा कार्यरत सामाजिक परिचालिकाहरुले स्थायीत्वको लागि नीतिगत व्यवस्थाको माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएका छन् ।बुधबार धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उनीहरुले सामाजिक परिचालिकाहरुको २० वर्षको सेवा अवधि, योग्यता र कामको मुल्यांकन गरि उपयुक्त पारिश्रमीक पाउने स्थानीय तहमा स्थायीत्व हुनेगरी प्रदेश सरकारले नीतिगत निर्णयका लागि आवश्यक पहल  … Read more

अञ्चल अस्पतालमा सहजै एक्सरे सेवा पाइदैन

धनगढी । बैतडी शिवनाथ गाउँपालिकाकी हिरा चन्द मंगलबार भिडियो एक्सरे गराउन सेती अञ्चल अस्पताल पुगिन् । नियमित ज्वरो आइरहने समस्या भोगिरहेकी ४२ वर्षीया हिरा अञ्चल अस्पताल पुग्दा एकछिन अक्क न बक्क भइन् । कारण थियो– अस्पतालका स्वास्थ्यकर्मीले उनलाई जवाफ दिए– अब कसैको पनि भिडियो एक्सरे हुँदैन । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य विमा) ले उपलब्ध  … Read more

अनुमति बिना सञ्चालित क्रसरबारे अझैं निर्णय हुनसकेन

धनगढी । ढुङ्गा, बालुवा, गिट्टी उत्खनन्, संकलन तथा घाटगद्दी समिति, कैलालीले जिल्लामा सञ्चालनमा रहेका क्रसरहरुबारे अझैं ठोस निर्णय लिन सकेको छैन । कैलाली जिल्लामा अनुमति बिना क्रसरहरु सञ्चालन रहेको गुनासोपछि समितिले नियन्त्रणका लागि चासो दिए पनि कुनै निर्णायक कदम भने उठाउन सकेको छैन । फागुन २६ गते बसेको समितिको बैठकले पुनः कागजात पेस गर्न र अनुगमन  … Read more

वातारण संरक्षण विधेयक पारित, स्वराेजगार विधेयकमा छलफल

धनगढी । सुदूरपश्चिम प्रदेश सभाले वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेको छ । प्रदेश सभाको मंगलबारको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले पेस गरेको विधेयक सर्वसम्मतिबाट पारित भएको छ । अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफल गरेको प्रतिवेदनमाथि सोही बैठकमा छलफल भएको थियो । छलफलपछि प्रतिवेदनसहित पारित  … Read more

होलीपर्वः सभ्य भएर खेल्नुस्, अन्यथा प्रहरीको फन्दामा पर्नुहोला !

धनगढी । होली, रंगहरूको पर्व । घरपरिवार, साथीसंगी, छरछिमेक, आफन्तजन, सबै मिलेर एकअर्कालाई रंग लगाएर खुसीयाली बाड्ने पर्व । रंगहरुको पर्व । रातो, हरियो, गुलाबी, निलो, पहेलो लगायतका रंग दलेर वर्षभरीका दुःखकष्ट बिर्सेर खुसीयाली मनाउने सांस्कृतिक पर्व हो, होली अर्थात् फागु पुर्णिमा । तर, पछिल्ला वर्षहरुमा होली पर्वमा उत्तिकै विकृति तथा उछृंखला थपिदै गएका छन् ।  … Read more

सम्पादकीय: मुख्यमन्त्री कपकाे उपलब्धि के भयो ?

निकै तामझामका साथ सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता समापन भइसकेको छ । आयोजनामा कति खर्च भयो भन्ने केही दिनमा सार्वजनिक हुने अपेक्षा गरिएको छ, र प्रतियोगितामा भएको वास्तविक खर्चको यथार्थ विवरणको जानकारी पाउने जनताको अधिकार पनि हो । अहिलेका लागि यो प्रतियोगिता आयोजनाबाट के उपलब्धि  … Read more

टीकापुर घटनालाई राजनीतिक रुपमा सम्बोधन गर: भट्टराई

टीकापुर । नयाँशक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले आठ जना प्रहरी र एक बालकको ज्यान जाने गरी भएको टीकापुर घटनालाई राजनीतिक रुपमा नै सम्बोधन गर्न सरकारसंग आग्रह गरेका छन् । मुलुकमा विकसित घटना क्रमका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मलेनमा नयाँशक्ति पार्टी संयोजक डाक्टर भट्टराईले विगतमा भएका संघर्षहरुलाई राजनीतिक विद्रोहका रूपमा हेरिए  … Read more

संघले सबै अधिकार लिन खोज्यो : जनप्रतिनिधिहरु

धनगढी । सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिहरुले संघीय सरकारले सबै अधिकार आफै लिन खोजेको गुनासो दोहोराएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तहगत राज्य संरचनाको विकासमा समन्वय बिषयमा आइतबार धनगढीमा आयोजना गरेको अन्तरक्रया कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार समेत प्रत्यायोजन नगरेको गुनासो गरे । राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालको उपस्थितिमा  … Read more

मुख्यमन्त्री कपः आयोजक सुदुरपश्चिम च्याम्पीयन (फाेटाे फिचरसहित)

धनगढी । मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगितामा आयोजक सुदुरपश्चिम प्रदेश च्याम्पीयन भएको छ । ७ स्वर्ण ७ रजत र १० कास्य पदकमा तीन स्वर्ण जित्दै सुदुरपश्चिमले पहिलो स्थान हासिल गरेको हो । आयोजक सुपले तीन स्वर्ण एक रजत र ३ कास्य सहित ७ पदक पाएको हो । यसैगरी प्रदेश नम्बर १ दोस्रो भएको छ  … Read more

मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता (भिडियो सहित)

धनगढी । मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत विभिन्न खेलहरु धनगढीका विभिन्न खेल मैदानमा जारी रहेका छन् । फुटबल र क्रिकेटका खेलहरु तीन दिनदेखि भईरहँदा आजदेखि व्याटमिन्टन र भलिबलका खेलहरु पनि सुरु भएका छन् । महिला क्रिकेटमा सुदुरपश्चिम फाईनलमा संघीय प्रहरी कार्यालयको खेल मैदानमा भईरहेका महिला क्रिकेट अन्तर्गतको आज भएको खेल जित्दै सुदुरपश्चिम फाईनल  … Read more