Category: सुदूरपश्चिम प्रदेश


बझाङमा दर्जनौ स्थानमा पहिरो

बझाङ । बझाङका एक दर्जन बढी ग्रामीण सडकमा पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको छ । डोजर प्रयोग गरी बनाइएका अधिकांस सडकमा पहिरो गएको स्थानीयले बताएका छन् । यसरी जथाभावी सडक काट्दा पहिरोका कारण ठूला ठूला क्षति बेहोर्नु परेको भएपनि जथाभावी सडक निर्माण गर्ने काम भने रोकिएको छैन ।

अखिल क्रान्तिकारीका एक नेताको हत्या

कञ्चनपुर । कञ्चनपुरमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला सदस्य डम्बर जाग्रीको हत्या भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, कटानस्थित सिद्धनाथ विज्ञान क्याम्पसको छात्रावासमा २५ वर्षीय जाग्रीको हत्या भएको प्रहरीले जनाएको छ । उनी सिद्धनाथ विज्ञान क्याम्पस बिएस्सी चौथो वर्षमा अध्ययनरत थिए । अखिल क्रान्तिकारी विज्ञान क्याम्पसका संयोजक समेत रहेका जाग्री बझाङ–६, गलेदुर्गाका  … Read more

चैनपुर बाढीको उच्च जोखिममा

बझाङ । बझाङको सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा परेको छ । चैनपुरलाई सेती नदी र बाहुलीगाड खोलाले तीन तिरबाट घेरेको छ । यी दुई नदीको कटान शुरु भएपछि सदरमुकामबासी चिन्तित भएका छन् । वर्षायाममा सेती नदी र बाहुुलीगाडमा पानीको सतक बढेपछि कटानमा पनि बृद्धि आएको छ । गत वर्ष असार ३१ गते बाहुलीगाड खोलामा आएको  … Read more

पुल बगेपछि स्थानीयलाई सास्ती

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाको बडा नम्बर ८ र ९ लाई जोड्ने पुल बाढीले बगाएपछि स्थानीयलाई आवागमनमा समस्या भएको छ । गत १९ गते खहरेखोलामा आएको बाढीले पुल बगाएपछि बडा नम्बर ८ र ९ का बासिन्दाले आवतजापतमा समस्या भोग्नु परेको स्थानीय वीरे धामीले बताए । पुल बगाएपछि सबैभन्दा बढी विद्यार्थीहरूले कठिनाई झेल्नु परिरहेको छ ।  … Read more

एक महिनादेखि इलाका प्रशासन प्रमुखबिहीन

पुनर्वास । कञ्चनपुरको दक्षिणी क्षेत्रमा त्रिभूवनवस्ती ईलाका प्रशासन कार्यालय एक महिनादेखि कार्यालय प्रमुखबिहीन रहेको छ । स्थानीय तह निर्वाचनअघिदेखि नै कार्यालय प्रमुख बिहीन भएको सो इलाका प्रशासन कार्यालयमा सेवा लिन जाने नागरिकहरू मर्कामा पर्ने गरेका छन् । स्थानीयले दिनहुँ नागरिकता बनाउन आउनेहरूको भीड लाग्ने गरे पनि कार्यालय प्रमुख नभएका कारण खालीहात फर्किनु परिरहेको छ ।  … Read more

सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

कञ्चनपुर । नियमविपरित उपप्राध्यापक भर्ना गरेको आरोप लगाउँदै मंगलबार सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी गरिएको छ । नेपाल विद्यार्थी संघले विश्वविद्यालयले नियमविपरित उपप्राध्यापक भर्ना गरेको आरोप लगाएको छ । संघका केन्द्रीय सदस्य कैलाश चन्दले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा भइरहेको वेथिति विरुद्ध तालाबन्दी गर्नु परेको दाबी गरे । उनले विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. पूर्णबहादुर चन्दले आफूनिकट व्यक्तिलाई नियमविपरित  … Read more

अाज बोहराको शव अछाम ल्याइयो

अछाम । गत शनिबार निधन भएका अछाम मेल्लेख गाउँपालिका वडा नम्बर–५ का वडा अध्यक्ष रामबहादुर बोहराको शव अछाम ल्याइएको छ । उनकाे बाजुराको प्रसिद्ध धार्मिकस्थल बडीमालिका दर्शन गर्न जाने क्रममा त्रिवेणी नगरपालिका ९ लौरी विनायाकमा लेक लागेर निधन भएकाे थियाे । आइतबारदेखि नेपाली सेनाको हेलिकप्टरबाट सव ल्याउने प्रयास भए पनि खराब मौसमका कारण शव ल्याउन  … Read more

बाजुराका अधिकांस स्थानमा पहिरोको त्रास

बाजुरा । लामो समयसम्म भएको खडेरीपछि अविरल वर्षा भएपछि बाजुराका अधिकांस गाउँका बासिन्दामा पहिरोको त्रास फैलिएको छ । जिल्लाका साविक १६ गाविसका ४४ वटा गाउँ पहिरोको उच्च जोखिमा रहेको जिल्ला दैवीप्रकोप उद्वार समितिले जनाएको छ । जिल्लाको साविक आँटीचौर गाविसको गुम्लागाउँमा दुवैतिरबाट पहिरो जाने गरेको छ । स्थानीय मन्धिर रावतले सात वर्षदेखि हरेक वर्षायाममा गुम्लागाउँबासीले  … Read more

नुहाउने क्रममा नदीमा एकको डुबेर मृत्यु

कञ्चनपुर । नदीमा नुहाउने क्रममा कञ्चनपुरमा सोमबार एक बालकको डुबेर मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ३, स्याली नदीमा डुबेर १२ वर्षीय रामदत्त जोशीको मृत्यु भएको जनाइएको छ । उता, कञ्चनपुरकै दोदा नदीमा १४ वर्षीय अबिर सार्की बेपत्ता भएका छन् । कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर २,  … Read more

बझाङमा खोरेत रोगको महामारी

बझाङ । बझाङका विभिन्न गाउँमा केही समययता बाख्रामा खोरेत रोगको महामारी फैलिएको छ । बाख्रामा खोरेत रोग फैलिए पनि आवश्यक औषधि नपाइएको पशुपालक किसानले गुनासो गरेका छन् । खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६, बयानागाउँका बाख्रापालक किसान लोकेन्द्रबहादुर थापाका अनुसार उनले पालेका सबै ६५ बाख्रामा खोरेत रोग देखापरेको छ । ‘यीमध्ये २७ बाख्रा त थला  … Read more