Category: सुदूरपश्चिम प्रदेश


नदीमै क्रसर उद्योग

धनगढी । २०७५ साल माघ ७ गते । बिहान १० बजेतिर धनगढीबाट पत्रकारको एक टोली स्थलगत रिपोर्टिङका लागि गोदावरी नदी किनार पुग्यो । गोदावरी नगरपालिका वडा नम्बर २ महराटोलको गोदावरी नदी किनारमा एउटा घुम्ती क्रसर उद्योग थियो । गोदावरी नदीबाट उत्खनन् गरेर किनारमै ढुङ्गा बालुवा थुपारेर घुम्ती क्रसर उद्योग सञ्चालन गरिएको थियो । पत्रकारहरुको टोली पुग्दा  … Read more

मनोमानी ढंगले ढुंगा, गिट्टी, बालुवा उत्खनन

धनगढी । कैलालीका अधिकांस स्थानीय तहहरुले मनोमानी ढंगले नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन् । जिल्ला समन्वय समिति, कैलालीले स्थानीय तहहरूसंग जिल्लाका खोला तथा नदीबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् सम्बन्धी पटकपट विवरण मागे पनि उनीहरुले विवरण समेत बुझाएका छन् । स्थानीय तहहरूले जिल्ला समन्वय समितिले माग गरेको विवरण बुझाउन कुनै चासो दिएका छ्रैनन् । बरु आफ्नै ढंगले  … Read more

सहकारीले कृषि तथा उर्जामा लगानी बढाउनु पर्छः मुख्यमन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सहकारी संस्थाहरूले कृषि, पशुपालन तथा उर्जा क्षेत्रमा लगानी बृद्धि गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्री भट्टले सहकारी संस्थाहरूले कृषि तथा उर्जाको क्षेत्रमा लगानी बढाएर जनताको जीवनस्तर उकास्ने काममा योगदान पु¥याउन पनि आग्रह गरे । उनले सहकारी संस्थाहरूले नाफामुखी भावनाले नभई प्रदेशको आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले काम गर्न आग्रह गरे  … Read more

चट्याङ लागी दुई जनाको मृत्यु, चार घाइते

डडेल्धुरा । डडेल्धुरामा चट्याङ लागेर मंगलबार बिहान दुई जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । फकर फकर ठाउँमा लागेको चट्यांगमा गन्याधुरा गाउँपालिका–५ गनेडा गाउँकी १२ वर्षीया रोशनी देउवा र आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा मृत्यु भएको हो । चट्याङबाट घाइते देउवाको उपचारका क्रममा डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल र थापाको घरमा बसिरहेको  … Read more

पुनः श्रम स्वीकृत धनगढीमै हुने

धनगढी । बैदेशिक रोजगारबाट विदामा घर फर्किएका सुदूरपश्चिम प्रदेशका युवाहरुलाई पुनः श्रम स्वीकृतिक लागि काठमाडौं जानुपर्ने बाध्यता हट्ने निश्चित भएको छ । लामो समयदेखि आप्रवासी कामदारहरुले श्रमस्वीकृति र न्याय निरुपणको व्यवस्था प्रदेश र स्थानीय तहमा हुनुपर्ने माग गरिरहेको बेला श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले प्रदेशमै पुनः श्रम स्वीकृति दिने व्यवस्था गरिरहेको छ । सामाजिक  … Read more

वर्षा र हिमपातका कारण जनजीवन प्रभावित (अागामी तीन दिनको माैषम पुर्वानुमानसहित)

धनगढी । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा वर्षा तथा हिमपात र तराइँका जिल्लामा वर्षाका कारण जनजीवन प्रभावित भएको छ । सुदूरपश्चिमको डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बैतडी, बझाङ र दार्चुलाका उच्च लेकाली भेगमा हिमपात भएको हो । हिमपात भएसगै भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरालगायतका क्षेत्रमा भारी हिमपातपछि सवारी साधन सञ्चालनमा कठिनाइ आएको छ । सोमबार रातिदेखि सुदूरपश्चिममा  … Read more

सुदूरपश्चिममा कुपोषणको समस्या बढ्दो

धनगढी । सुदूरपश्चिमसहित देशभर कुपोषण बढ्दै गएको एक तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार कुपोषणका कारण सुदूरपश्चिमका ३५।९ प्रतिशत नागरिकमा पुड्कोपन छ भने ४९।८ प्रतिशत पाँच वर्षमुनीका बालबालिकामा रक्त अल्पताको मसस्या छ । सुदूरपश्चिमका ३९।३ प्रतिशत महिलामा रक्त अल्पता छ । २८।१ प्रतिशत सुदूरपश्चिमेली कम तौलका छन् भने ७।७ प्रतिशत बढि तौलको समस्या छ ।  … Read more

चैनपुरमा आगलागी

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० चैनपुरस्थित नयाँ बजारमा आइतबार एक पसलमा आगलागी भएको छ । नयाँ बजारमा रहेको मल्ल स्टोरमा आइतबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । स्थानीय जगत मल्लले सञ्चालन गरेको सो पसलमा आगलागीबाट १५ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको पसलधनीले बताएका छन् ।

सुन्दरनगर टोल विकास समिति गठन

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थित सुन्दरनगर टोल विकास समिति गठन भएको छ । शनिबार भएको टोल भेलाले चेतबहादुर थापाको अध्यक्षतामा नौ सदस्यीय टोल विकास समिति चयन गरेको जनाइएको छ ।समितिको उपाध्यक्षमा सिन्धु शर्मा (भट्ट), सचिवमा मिनबहादुर धामी, सहसचिवमा रिसु चौधरी र कोषाध्यक्षमा देविका थापा रहेका छन् । भने, सदस्यमा नन्दा थापा, निर्मला  … Read more

औंलो प्रभावित क्षेत्रमा झुल वितरण

बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिका र हिमाली गाउँपालिकाका औंलो प्रभावित क्षेत्रमा किटनाशक झुल वितरण गरिने भएको छ । महामारीका रूपमा औंलोको प्रकोप फैलिनसक्ने भएकाले नौ हजार ९०० झुल वितरण गर्न लागिएको हो । मौसम परिवर्तनका कारण लामखुट्टेले टोक्नेक्रम बढिरहेको र गाउँमा औलोको संक्रमण देखिन थालेकाले पूर्वसावधानीका लागि झुल वितरण गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख  … Read more