Category: बियानर-१


नदीमै क्रसर उद्योग

धनगढी । २०७५ साल माघ ७ गते । बिहान १० बजेतिर धनगढीबाट पत्रकारको एक टोली स्थलगत रिपोर्टिङका लागि गोदावरी नदी किनार पुग्यो । गोदावरी नगरपालिका वडा नम्बर २ महराटोलको गोदावरी नदी किनारमा एउटा घुम्ती क्रसर उद्योग थियो । गोदावरी नदीबाट उत्खनन् गरेर किनारमै ढुङ्गा बालुवा थुपारेर घुम्ती क्रसर उद्योग सञ्चालन गरिएको थियो । पत्रकारहरुको टोली पुग्दा  … Read more

मनोमानी ढंगले ढुंगा, गिट्टी, बालुवा उत्खनन

धनगढी । कैलालीका अधिकांस स्थानीय तहहरुले मनोमानी ढंगले नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन् । जिल्ला समन्वय समिति, कैलालीले स्थानीय तहहरूसंग जिल्लाका खोला तथा नदीबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् सम्बन्धी पटकपट विवरण मागे पनि उनीहरुले विवरण समेत बुझाएका छन् । स्थानीय तहहरूले जिल्ला समन्वय समितिले माग गरेको विवरण बुझाउन कुनै चासो दिएका छ्रैनन् । बरु आफ्नै ढंगले  … Read more

चट्याङ लागी दुई जनाको मृत्यु, चार घाइते

डडेल्धुरा । डडेल्धुरामा चट्याङ लागेर मंगलबार बिहान दुई जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । फकर फकर ठाउँमा लागेको चट्यांगमा गन्याधुरा गाउँपालिका–५ गनेडा गाउँकी १२ वर्षीया रोशनी देउवा र आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा मृत्यु भएको हो । चट्याङबाट घाइते देउवाको उपचारका क्रममा डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल र थापाको घरमा बसिरहेको  … Read more

पुनः श्रम स्वीकृत धनगढीमै हुने

धनगढी । बैदेशिक रोजगारबाट विदामा घर फर्किएका सुदूरपश्चिम प्रदेशका युवाहरुलाई पुनः श्रम स्वीकृतिक लागि काठमाडौं जानुपर्ने बाध्यता हट्ने निश्चित भएको छ । लामो समयदेखि आप्रवासी कामदारहरुले श्रमस्वीकृति र न्याय निरुपणको व्यवस्था प्रदेश र स्थानीय तहमा हुनुपर्ने माग गरिरहेको बेला श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले प्रदेशमै पुनः श्रम स्वीकृति दिने व्यवस्था गरिरहेको छ । सामाजिक  … Read more

वर्षा र हिमपातका कारण जनजीवन प्रभावित (अागामी तीन दिनको माैषम पुर्वानुमानसहित)

धनगढी । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा वर्षा तथा हिमपात र तराइँका जिल्लामा वर्षाका कारण जनजीवन प्रभावित भएको छ । सुदूरपश्चिमको डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बैतडी, बझाङ र दार्चुलाका उच्च लेकाली भेगमा हिमपात भएको हो । हिमपात भएसगै भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरालगायतका क्षेत्रमा भारी हिमपातपछि सवारी साधन सञ्चालनमा कठिनाइ आएको छ । सोमबार रातिदेखि सुदूरपश्चिममा  … Read more

सम्पादकीय : नागरिकको दृष्टिमा प्रदेश सभाको एक वर्ष

संघीयताको कार्यान्वयनका क्रममा प्रदेश शासन शुरु भएको एक वर्ष पुरा भएको छ । गत वर्ष माघ सात गते सुदूरपश्चिम प्रदेश (तत्कालीन प्रदेश नम्बर सात) सभाका सदस्यहरूको पद तथा गोपनियताको सपथ ग्रहणसँगै प्रदेश शासन विधिवत रूपमा शुरु भएको थियो । नेपालमा पहिलो पटक संघीयताको अभ्यास शुरु भएको थियो र प्रदेश शासन यसको केन्द्रीय विषयवस्तु थियो र  … Read more

सुदूरपश्चिममा कुपोषणको समस्या बढ्दो

धनगढी । सुदूरपश्चिमसहित देशभर कुपोषण बढ्दै गएको एक तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार कुपोषणका कारण सुदूरपश्चिमका ३५।९ प्रतिशत नागरिकमा पुड्कोपन छ भने ४९।८ प्रतिशत पाँच वर्षमुनीका बालबालिकामा रक्त अल्पताको मसस्या छ । सुदूरपश्चिमका ३९।३ प्रतिशत महिलामा रक्त अल्पता छ । २८।१ प्रतिशत सुदूरपश्चिमेली कम तौलका छन् भने ७।७ प्रतिशत बढि तौलको समस्या छ ।  … Read more

प्रदेश सभा र सरकारको काम तीब्र गतिमा : मुख्यमन्त्री (भिडियोसहित)

धनगढी । सुदूरपश्चिम प्रदेशको संसद सचिवालयले आइतबार धनगढीमा प्रदेश सभा स्थापना दिवस मनाएको छ ।मुख्यमन्त्री, सभामुख, प्रदेश सरकारका मन्त्रीहरू, उपसभामुख, प्रदेश सांसद, संसद सचिवालयका कर्मचारीहरू लगायतको उपस्थितिमा प्रदेश सभाले चियापान कार्यक्रम आयोजना गरेको हो । सुदूरपश्चिम प्रदेशका सांसदहरूले सपथ ग्रहण गरेको एक वर्ष पुगेको अवसरमा प्रदेश सभा परिसरमा आयोजित कार्यक्रममा सहभागीहरूले शुभकामना आदानप्रदान गर्नुका साथै  … Read more

माघ २१ देखि सुदूरपश्चिम महोत्सव

धनगढी । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आगामी २१ देखि धनगढीमा सुदूरपश्चिम महोत्सव, २०७५ आयोजना हुने भएको छ । ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ आगामी फागुन २ गतेसम्म महोत्सवको आयोजना गरिने आइतबार संघले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । महोत्सवको तयारीका लागि विभिन्न समिति गठन गरिएको महोत्सव मुल आयोजक समितिका  … Read more

गोदावरीमा राजधानी अनुपयुक्त– नेतृ आरजु

धनगढी । नेपाली काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा बनाउनु अनुपयुक्त भएको बताएकी छन् । “प्रदेश सरकारले बहुमतको दम्भ देखाउँदै प्रदेशको राजधानी गोदावरीमा तोकेको छ । तर, त्यहाँ राजधानी तोक्नुको प्रदेश सरकारसँग कुनै स्पष्ट तर्क छैन” आइतबार धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै नेतृ राणाले भनिन्– “नेपाली काँग्रेस नेतृत्वको पूर्ववर्ति सरकारले धनगढीमा अस्थायी  … Read more